logo

अर्थ मन्त्रालयमा कर्णको विदाई,नवनियुक्त सचिव मरासिनीको स्वागत

    620   पटक पढिएको


१० वैशाख/अर्थ र व्यापार – अर्थ मन्त्रालयमा सोमबार सरुवा भएका सचिव कृष्णहरि पुस्कर कर्णको विदाई गरिएको थियो । यसैगरी, अर्थ सचिवको जिम्मेवारी पाएका मधु मरासिनीको पनि सोमबार नै स्वागत गरिएको हो।
सोमबार मन्त्रिपरिषद बैठकले नवनियुक्त सचिव मरासिनीलाई अर्थमा सरुवा गर्ने निर्णय गर्दै कर्णलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको थियो । मरासिनी यसअघि पनि अर्थसचिव थिए।
अर्थमन्त्रालयमा आयोजित विदाई तथा स्वागत कार्यक्रममा अर्थमन्त्री वर्षमान पुनले लामो सरकारी सेवाका क्रममा जिम्मेवारी हेरफेर हुनुलाई सामान्य रुपमा लिनुपर्ने बताएका थिए। असल नियतले काम गर्न आग्रह गर्दै त्यस क्रममा कुनै समस्या आए राजनीतिक नेतृत्वको संरक्षण पाउने उनले बताएका थिए।
‘राजनीतिज्ञ, प्रशासक वा सार्वजनिक जीवनमा भएका मानिस माथि आरोप वा टिकाटिप्पणी हुन सक्छन्,’ पुनले भने, ‘असल नियतका साथ गरिएको काममा समस्या आइपरे राजनीतिक नेतृत्वको तर्फबाट संरक्षण हुने कुराको ग्यारेण्टी गर्छु।’
निजी क्षेत्रको विश्वास जितेर लगानीको वातावरण निर्माण गर्न सरकार लागिपरेको भन्दै उनले कर्मचारीहरुलाई त्यही उद्देश्य लिएर कार्य गर्न आग्रह गरे ।
सो कार्यक्रममा सुरुवा भएका अर्थमन्त्रालय आएका मरासिनी र अर्थ मन्त्रालयबाट सरुवा भएका कर्णले सरकारले दिएको नयाँ जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।