logo

राजस्व संकलन उत्साहजनक नहुँदा आन्तरिक सूचकमा सुधार हुन सकेन:अर्थमन्त्री

    602   पटक पढिएको


२५ चैत/अर्थ र व्यापार – अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्ष राजस्व संकलन उत्साहजनक नहुँदा अर्थतन्त्रका आन्तरिक सूचकमा सुधार हुन नसकेको बताएका छन्।
उनले आगामी आर्थिक वर्षको बजेट निर्माणबारे संवैधानिक निकाय, राष्ट्रपति र उपराष्ट्रपति कार्यालय तथा संघीय संसद्का सचिवहरुको छलफल गरी राजस्वको लक्ष्य महत्वाकांक्षी राखिए पनि वृद्धि अपेक्षित नरहेको बताए।
चालु आर्थिक वर्ष ९ महिना वित्न लाग्दा राजस्वको वृद्धि ९ प्रतिशत हाराहारी मात्रै छ। सरकारले १४ खर्ब २२ अर्ब राजस्व संकलनको लक्ष्य लिएकामा बिहिबारसम्म ६ खर्ब ८० अर्ब ९४ करोड रुपैयाँ मात्र उठेको तथ्यांक छ।
‘चालु आर्थिक वर्ष पोहोरभन्दा ४१ प्रतिशत राजस्व संकलनको लक्ष्य राखिएकामा म आउँदा ९ प्रतिशत हारामारी मात्र वृद्धि रहेछ,’ पुनले भने।
उनले आफूले अर्थ मन्त्रालयको नेतृत्व सम्हालेपछि राजस्व संकलनमा सुधारका संकेत देखिएको दाबी गरे । उनी एक महिनाअघि अर्थमन्त्री नियुक्त भएका हुन्। उनले राजस्व चुहावट नियन्त्रणका लागि अर्थ र गृह मन्त्रालयको राजनीतिक र प्रशासनिक नेतृत्वबीच समन्वयमा काम अघि बढाएको बताए।
अर्थमन्त्री वर्षमान पुनले संवैधानिक निकायका सचिवसँग राखेको बैठकमा प्रक्रिया पुगेर आएका पुरानो दायित्व भुक्तानीका फाइल मन्त्रालमा नरोक्ने प्रतिबद्धता जनाउँदै आफूले एक महिनामा सामाजिक सुरक्षा भत्ता, दूग्ध किसान र विकास आयोजनाको भुक्तानीका लागि ७० अर्ब निकासा गरेको जानकारी दिए।
उनले श्रोत सुनिश्चित भएका आयोजनामा समेत बजेट खर्च नभएको भन्दै त्यसको जवाफ राजनीतिक र प्रशासनिक नेतृत्वले दिनुपर्ने बताए । अध्ययन र तयारी नगरिएका तथा कार्यान्वयन हुन नसक्ने आयोजना आगामी आर्थिक वर्षको बजेटमा समावेश नगर्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।