logo

एक महिनामै साढे ५१ खर्बको विद्युतीय भुक्तानी

    453   पटक पढिएको

२३ चैत / अर्थ र व्यापार – चालु आर्थिक बर्ष २०८०/८१ को फागुनमा मात्रै भुक्तानीका विभिन्न विद्युतीय माध्यमबाट साढे ५१ खर्ब रुपैयाँ बढीको भुक्तानी भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार फागुन महिनाभरीमा भुक्तानीका विभिन्न सेवाप्रदायक १४ माध्यममार्फत ५१ खर्ब ६७ अर्ब ७७ करोड रुपैयाँ बराबरको भुक्तानी भएको हो ।
गत माघ महिनामा यी सबै माध्यमबाट ४५ खर्ब ४ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएकामा एक महिनामै करिव साढे ६ खर्ब रुपैयाँले बढ्दै साढे ५१ खर्ब रुपैयाँ पुगेको हो ।
यस अवधिमा सबैभन्दा बढी रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजीएस)मार्फत भएको देखिन्छ । फागुनमा यो माध्यममार्फत मात्रै ६७ हजार ५ सय ४० पटक गरी कुल ३४ खर्ब ५३ अर्ब ७४ करोड रुपैयाँ भुक्तानी भएको देखिन्छ ।
फागुनमा माघको तुलनामा आरटीजीएसमार्फत भुक्तानी करिव ६ खर्ब ३० अर्ब रुपैयाँले बढेको छ । यस्तै यस अवधिमा धेरै भुक्तानी हुने अर्काे माध्यम भने कनेक्ट आइपीएस रहेको छ । यो माध्यममार्फत फागुनमा ४ खर्ब ८३ अर्ब रुपैयाँ बढीको भुक्तानी भएको छ ।
यसैगरी, फागुनमा विद्युतीय चेक क्लियरेन्स (इसीसी) मार्फत ४ खर्ब ८० अर्ब रुपैयाँ, मोबाइल बैंकिङमार्फत २ खर्ब ५१ अर्ब, आइपीएसमार्फत १ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको छ ।
सो अवधिमा इन्टरनेट बैंकिङमार्फत १४ अर्ब ३३ करोड, क्यूआरमार्फत ४२ अर्ब ५६ करोड, वालेटमार्फत २४ अर्ब २ करोड, डेबीट कार्डमार्फत ९१ अर्ब ४८ करोड र एटीएममार्फत ८८ अर्ब रुपैयाँ भुक्तानी भएको छ ।
फागुन महिनामा माघको तुलनामा आइपीएस, क्रेडिट कार्ड, शाखारहित बैंकिङ सेवा र इ कमर्शमार्फत हुने भुक्तानीमा भने गिरावट आएको राष्ट्र बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।