logo

एक महिनामै साढे ५१ खर्बको विद्युतीय भुक्तानी

    582   पटक पढिएको

२३ चैत / अर्थ र व्यापार – चालु आर्थिक बर्ष २०८०/८१ को फागुनमा मात्रै भुक्तानीका विभिन्न विद्युतीय माध्यमबाट साढे ५१ खर्ब रुपैयाँ बढीको भुक्तानी भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार फागुन महिनाभरीमा भुक्तानीका विभिन्न सेवाप्रदायक १४ माध्यममार्फत ५१ खर्ब ६७ अर्ब ७७ करोड रुपैयाँ बराबरको भुक्तानी भएको हो ।
गत माघ महिनामा यी सबै माध्यमबाट ४५ खर्ब ४ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएकामा एक महिनामै करिव साढे ६ खर्ब रुपैयाँले बढ्दै साढे ५१ खर्ब रुपैयाँ पुगेको हो ।
यस अवधिमा सबैभन्दा बढी रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजीएस)मार्फत भएको देखिन्छ । फागुनमा यो माध्यममार्फत मात्रै ६७ हजार ५ सय ४० पटक गरी कुल ३४ खर्ब ५३ अर्ब ७४ करोड रुपैयाँ भुक्तानी भएको देखिन्छ ।
फागुनमा माघको तुलनामा आरटीजीएसमार्फत भुक्तानी करिव ६ खर्ब ३० अर्ब रुपैयाँले बढेको छ । यस्तै यस अवधिमा धेरै भुक्तानी हुने अर्काे माध्यम भने कनेक्ट आइपीएस रहेको छ । यो माध्यममार्फत फागुनमा ४ खर्ब ८३ अर्ब रुपैयाँ बढीको भुक्तानी भएको छ ।
यसैगरी, फागुनमा विद्युतीय चेक क्लियरेन्स (इसीसी) मार्फत ४ खर्ब ८० अर्ब रुपैयाँ, मोबाइल बैंकिङमार्फत २ खर्ब ५१ अर्ब, आइपीएसमार्फत १ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको छ ।
सो अवधिमा इन्टरनेट बैंकिङमार्फत १४ अर्ब ३३ करोड, क्यूआरमार्फत ४२ अर्ब ५६ करोड, वालेटमार्फत २४ अर्ब २ करोड, डेबीट कार्डमार्फत ९१ अर्ब ४८ करोड र एटीएममार्फत ८८ अर्ब रुपैयाँ भुक्तानी भएको छ ।
फागुन महिनामा माघको तुलनामा आइपीएस, क्रेडिट कार्ड, शाखारहित बैंकिङ सेवा र इ कमर्शमार्फत हुने भुक्तानीमा भने गिरावट आएको राष्ट्र बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।