logo

भन्सार विन्दुमा आगामी महिनादेखि सुधार भएको देखिन्छ:अर्थमन्त्री पुन

    835   पटक पढिएको

८ चैत/अर्थ र व्यापार – अर्थमन्त्री वर्षमान पुनले भन्सार विन्दुमा अर्को महिनादेखि सुधार भएको देखिने दाबी गरेका छन् । उनले बिहीबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा चुहावट रोक्न आफूले भन्सार प्रशासनलाई निर्देशन दिइसकेको बताए।
‘हामी खुला बोर्डर र दुई ठूलो अर्थतन्त्र भएको मुलुकको बीचमा छौं। त्यसले पनि चुनौती छ। कतिपय ठाउँमा हाम्रो क्षमताले पनि भ्याएको छैन। भन्सारमा कतिपय ठाउँमा प्रतिस्पर्धी पनि बनाउनु पर्ने छ। अर्को महिनादेखि भन्सार विन्दुमै सुधार भएको देख्नु हुनेछ,’ उनले भने।
उनले बुधबार प्रतिनिधि सभाको बैठमा यसअघिका अर्थमन्त्री डा. प्रकाशशरण महतमाथि आधारबिनै गत वर्षको भन्दा ४० प्रतिशत बढी राजस्वको लक्ष्य लिएको तर चुहावट रोक्न पहल नगरेको आरोप लगाएका थिए।
सरकारले यो आर्थिक वर्ष १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकामा ८ महिनामा साढे ६ खर्ब मात्र उठेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।