logo

अर्थतन्त्र संकटमा नभएको अर्थमन्त्री पुनको दावी ,मौद्रिक नीतिमा लचकता अपनाउने प्रयास

    601   पटक पढिएको

४ चैत/अर्थ र व्यापार – अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र संकटमा नरहेको दाबी गरेका छन्। नागरिक लगानी कोषको ३४औं वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा मन्त्री पुनले अर्थतन्त्रका सूचक कमजोर रहे पनि समग्रमा अर्थतन्त्र संकटबाहिर रहेको बताए।
उनले एक वर्षभन्दा बढीका लागि वस्तु तथा सेवाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति रहेको, बैंकहरुमा लगानीयोग्य रकम (तरलता) पर्याप्त रहेको तथा विप्रेषणमा नयाँ रेकर्ड कायम हुनुले आगामी दिनमा नेपाली अर्थतन्त्रको भविष्य राम्रो रहेको संकेत गरेको बताए।
उनले अर्थतन्त्रमा केही शिथिलता रहेको स्वीकार गरे । उनले विकसित र अर्थतन्त्रमा नेपालभन्दा धेरै अगाडि बढिसकेका संसारका कुनै पनि मुलुक समस्यारहित नरहेको भन्दै पुनले संकटकै समयमा नेतृत्वले आफ्नो क्षमता देखाउनुपर्ने बताए।
मन्त्री पुनले यसअघिका अर्थमन्त्रीले अघि सारेका राम्रा र सकारात्मक नीतिलाई निरन्तरता दिने बताए। उनले विगतमा अर्थतन्त्र संकटमा रहेका बेला लिइएका कतिपय नीतिमा खुकुलो बनाउन मन्त्रालय र नियामक निकायबीच छलफल चलिरहेको जानकारी समेत दिए।
‘अर्थतन्त्र संकटमा रहेका बेला लिइएका कतिपय नीति खुकुलो बनाउन मन्त्रालय र नियामक निकायबीच छलफल चलिरहेको छ,’ उनले भने, ‘सेयर बजारमा सकारात्मक संकेत देखिन थालेको छ। सरोकारवालाबाट सुझाव प्राप्त भएपछि सुधारको कदम चाल्छौं।’
नेपालमा चर्चाका लागि धेरै सकारात्मक विषय भएपनि नकारात्मक पक्षलाई बढी महत्व दिने गरिएको उनको गुनासो छ । उनले मानव विकास सूचकाकंमा नेपाल विश्वका कतिपय विकसित मुलुकको हाराहारी र दक्षिण एसियामा सबैभन्दा अगाडि रहेको रिपोर्ट सार्वजनिक भइरहँदा पनि नेपालमा केही छैन, केही हुँदैन भनिनु दुःखद भएको बताए।
‘राम्रोलाई राम्रो भनेर सुधारमा लाग्नुपर्नेमा निराशा बाँड्ने काम धेरै भयो’, अर्थमन्त्री पुनले भने।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।