logo

अर्थतन्त्रका बाह्य सूचक मजबुत, शोधनान्तर स्थिति २ खर्ब ९७ अर्ब रुपैयाँ बचतमा

माघ महिनामा १ खर्ब ५ अर्ब ७८ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो

    450   पटक पढिएको

२७ फागुन/अर्थ र व्यापार – पछिल्लो समय मुलुकको आन्तरिक अर्थतन्त्र कमजोर अवस्थामा रहेपनि समग्रमा अर्थतन्त्रका बाह्य सूचक भने बलियो अवस्थामा नै रहेको देखिएको छ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको वितेका सात महिना गत माघ मसान्तसम्मको वित्तिय विवरण अनुसार चालु खाता १ खर्ब ६१ अर्ब ६९ करोड रुपैयाँ बचतमा रहेको देखिएको हो ।
गत आर्थिक वर्षको वितेका ७ महिनाको अवधीमा चालु खाता ४० अर्ब १६ करोड रुपैयाँले घाटामा थियो। यसैगरी, अहिले मुलुकको शोधनान्तर स्थिति पनि बलियो अवस्थामा देखिएको छ । अघिल्लो आवको सोही अवधीमा १ खर्ब २८ अर्ब ५५ करोड बचतमा रहेको शोधनान्तर स्थिति बढेर अहिले २ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ।
त्यसैगरी, विदेशी मुद्राको सञ्चिति असार मसान्तको तुलनामा १९.९ प्रतिशतले बढेर १८ खर्ब ४४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । यो रकमले १२.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार चालु आवको वितेका सात महिनाको अवधीमा कुल ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रकम अघिल्लो आवको ७ महिनाको तुलनामा २१.६ प्रतिशत बढी हो ।
यो आवको माघ महिनामा रेमिट्यान्स घटेको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार माघ महिनामा १ खर्ब ५ अर्ब ७८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रकम पुसको तुलनामा १४ अर्ब रुपैयाँभन्दा न्युन हो । पुसमा १ खर्ब १९ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।