logo

नवनियुक्त अर्थमन्त्री पुनले सम्हाले कार्यभार, राजस्व बृद्धि दोब्बर बनाउने लक्ष्य

    534   पटक पढिएको

२४ फागुन/अर्थ र व्यापार – नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले बुधबार नै अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । बुधबार साँझ राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेपछि अर्थ मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
नवनियुक्त अर्थमन्त्री पुनलाई अर्थ मन्त्रालयमा अर्थ सचिव कृष्णहरी पुष्करसहित कर्मचारीहरुले स्वागत गरेका थिए । उनले राजस्व बृद्धिलाई दोब्बर बनाउने पहिलो निर्णय समेत गरेका छन् । उनले प्राथमिक्ता निर्धारण गरेर देसको अर्थतन्त्र सुधार्ने प्रतिवद्धता समेत व्यक्त गरे । अर्थमन्त्रीको पदभार ग्रहण गर्दै उनले आगामी दिनमा देशमा उत्पन्न आर्थिक संकट समाधान गर्ने प्रतिबद्धता जनाए ।
नव नियुक्त अर्थमन्त्री पुनले आफुले सक्दो प्रयासगरि आर्थिक क्षेत्रको सुधारको लागि काम गर्ने बताए । उनले आगामी दिनमा आफुले तीन खम्बे अर्थनीतिमा मुलुकलाई अघि बनाउने र हाल सहकारीहरुमा उत्पन्न समस्या हल गर्ने बताए ।
‘सजिलो छैन, मलाई थाहा छ, सन् २००८ लगत्तै अर्थमन्त्री हुँदा विश्वव्यापी आर्थिक मन्दीको अवस्थामा पनि सकुशल नेतृत्व गरेको हुँ । त्यो अनुभव, शिक्षा र आजको प्राथमिकताका साथ काम गरेर अर्थतन्त्रमा आशा जगाउनेछु’ अर्थमन्त्री पुनले भने ।
उनले हाल देखिएको जनताको भोकलाई बुझेर, सरकारको प्राथमिकता, प्रधानमन्त्रीको दिशानिर्देशको आधारमा अर्थमन्त्रालयको बिज्ञ टिमको सहयोगमा काम गर्ने बताए ।
‘अहिले आफुले सम्हालेको मन्त्रालय असाध्यै जिम्मेवार महसुस गरेको छु । पहिलो पटक अर्थमन्त्री हुँदा गुरिल्ला अर्थमन्त्री भन्थे । धेरै मानिसहरुले २÷३ महिनासम्म अर्थमन्त्रीको रुपमा मलाई पत्याएनन् । त्यसबेला धेरै कुराहरु सिक्ने अवसर पनि मिल्यो’ नवनियुक्त अर्थमन्त्री पुनले भने ।
उनले मुलुकको राजस्व परिचालनलाई थप शसक्त बनाउने बताएका छन ।
‘अर्थतन्त्रको सबै क्षेत्रमा समस्य छैन राजस्व परिचालन गत वर्षको तुलनामा १० प्रतिशत बढी छ । अब यसलाई दोब्बर बनाउन सकिन्छ भन्ने विस्वास मलाई लागेको छ’ उनले भने । आफुले धेरै विज्ञहरुसंग पनि कुरा गरेको भन्दै उनले मन्त्रालयको काम भनेकै राजस्व संकलन गर्ने भएकाले खर्चको लागि अलि हात खुकुलो बनाउपर्छ । खर्च र आम्दानीलाई सनतुलन गर्नुपर्ने अवस्था रहेकाले आफुले सोही अनुसारको काम गर्ने बताए । यसअघिको अनुभव पनि आफुसँग रहेको भन्दै उनले सेयर लगानीकर्ताको मर्कालाई पनि बुझेर सरकार अघि बढ्ने बताए ।
‘पहिले पनि घरजग्गा र सहकारीमा समस्या थियो। त्यतिबेला हामिले कडाईका साथ काम गरेर जोगाएका थियौँ । अहिले पनि हामिले धेरै काम गर्नु पर्नेछ। अहिले जनताको अपेक्षा धेरै छ। अहिले प्रविधिको युग छ’ उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।