logo

इप्पानको पहलमा विराटनगर भन्सारमा रोकिएका जलविद्युतका सामानको जाँचपास सुरु

    468   पटक पढिएको


२३ फागुन/अर्थ र व्यापार – विराटनगर एकीकृत भन्सार जाँच बिन्दु (आइसीपी) मा रोकिएका जलविद्युत आयोजनाका सामानहरु भित्रिन थालेका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,नेपाल (इप्पान) ले रोकिएका सामानहरु छुटाउन अर्थ मन्त्रालय, भन्सार विभाग र विराटनगर भन्सार कार्यालयमै गएर पहल गरेपछि सामानहरु भित्रिन सुरु भएका हुन् ।
इप्पानका महासचिव बलराम खतिवडाले आयोजनाका सामानहरु भन्सारमा रोकिएपछि सोमबार विराटनगर भन्सार कार्यालयलमा पुगेर सहजिकरणको लागि पहल गरेका थिए । मंगलवारबाट आयोजनाका सामानहरु जाँचपास सुरु भइसकेको खतिवडाले बताएका छन् ।
विगतमा विद्युत विकास विभागको सिफारिसमा भन्सार छुट सुविधा पाउँदै आएकोमा फागुन १ गतेपछि भने विभागको पत्र बुझाउँदा पनि भन्सारले सामान जाँचपास गर्न अस्वीकार गरेको थियो ।
यसरी, भन्सारले जाँचपास रोकेपछि १ दर्जन जलविद्युत आयोजनाले मगाएका पेन स्टक पाइप, हाइड्रो तथा इलेक्ट्रो मेकानिकल सम्बन्धी उकरण तथा निर्माणमा प्रयोग हुने अन्य उपकरण गरी करीब २०० ट्रक सामान भन्सारमा रोकिएका थिए ।
आयोजना प्रर्वद्धक कम्पनी, जलविद्युत् आयोजना वा त्यसका ठेकेदारले सामान ल्याउन पाउने व्यवस् रहेकोमा चालु आर्थिक वर्षको आर्थिक ऐनमा जलविद्युत् आयोजना वा त्यसका ठेकेदारले सामान ल्याउने आयोजनासँग सम्बन्धित सामानमा मात्रै भन्सार पास गर्ने व्यवस्था गरेपछि भन्सारमा आएका नयाँ अधिकारीहरु अन्यौलमा परेका थिए ।
इप्पानले सो अन्यौल हटाउन सहजिकरण गरेपछि सामानहरुको जाँचपास सुरु भएको हो । अबदेखि प्रवद्र्धक कम्पनीका साथ साथै आयोजनाको नाम र क्षमता पनि सबै बील बिजकमा उल्लेख गरेर सिफारिस गर्ने सहमति गर्दै सामान जाँचपास सुरु गरिएको खतिवडाले बताए । उनले विद्युत विकास विभागलाई पनि सोही अनुसार सिफारिस बनाइदिन अनुरोध भइसकेको जानकारी दिए ।
५०० भन्दा बढी विद्युत आयोजनाहरु सदस्य रहेको निजी ऊर्जा उत्पादकहरुको साझा संस्था इप्पानले ऊर्जा आयोजनाहरुका समस्या समाधानका लागि सरोकारवाला निकायमा निरन्तर सहजिकरण गर्दै आएको छ । ऊर्जा उत्पादकहरुका कुनै पनि समस्याका वारेमा इप्पानलाई जानकारी गराएमा इप्पानले सधैं सहजिकरण गरिदिने पनि महासचिव खतिवडाले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।