logo

इप्पानको पहलमा विराटनगर भन्सारमा रोकिएका जलविद्युतका सामानको जाँचपास सुरु

    728   पटक पढिएको


२३ फागुन/अर्थ र व्यापार – विराटनगर एकीकृत भन्सार जाँच बिन्दु (आइसीपी) मा रोकिएका जलविद्युत आयोजनाका सामानहरु भित्रिन थालेका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,नेपाल (इप्पान) ले रोकिएका सामानहरु छुटाउन अर्थ मन्त्रालय, भन्सार विभाग र विराटनगर भन्सार कार्यालयमै गएर पहल गरेपछि सामानहरु भित्रिन सुरु भएका हुन् ।
इप्पानका महासचिव बलराम खतिवडाले आयोजनाका सामानहरु भन्सारमा रोकिएपछि सोमबार विराटनगर भन्सार कार्यालयलमा पुगेर सहजिकरणको लागि पहल गरेका थिए । मंगलवारबाट आयोजनाका सामानहरु जाँचपास सुरु भइसकेको खतिवडाले बताएका छन् ।
विगतमा विद्युत विकास विभागको सिफारिसमा भन्सार छुट सुविधा पाउँदै आएकोमा फागुन १ गतेपछि भने विभागको पत्र बुझाउँदा पनि भन्सारले सामान जाँचपास गर्न अस्वीकार गरेको थियो ।
यसरी, भन्सारले जाँचपास रोकेपछि १ दर्जन जलविद्युत आयोजनाले मगाएका पेन स्टक पाइप, हाइड्रो तथा इलेक्ट्रो मेकानिकल सम्बन्धी उकरण तथा निर्माणमा प्रयोग हुने अन्य उपकरण गरी करीब २०० ट्रक सामान भन्सारमा रोकिएका थिए ।
आयोजना प्रर्वद्धक कम्पनी, जलविद्युत् आयोजना वा त्यसका ठेकेदारले सामान ल्याउन पाउने व्यवस् रहेकोमा चालु आर्थिक वर्षको आर्थिक ऐनमा जलविद्युत् आयोजना वा त्यसका ठेकेदारले सामान ल्याउने आयोजनासँग सम्बन्धित सामानमा मात्रै भन्सार पास गर्ने व्यवस्था गरेपछि भन्सारमा आएका नयाँ अधिकारीहरु अन्यौलमा परेका थिए ।
इप्पानले सो अन्यौल हटाउन सहजिकरण गरेपछि सामानहरुको जाँचपास सुरु भएको हो । अबदेखि प्रवद्र्धक कम्पनीका साथ साथै आयोजनाको नाम र क्षमता पनि सबै बील बिजकमा उल्लेख गरेर सिफारिस गर्ने सहमति गर्दै सामान जाँचपास सुरु गरिएको खतिवडाले बताए । उनले विद्युत विकास विभागलाई पनि सोही अनुसार सिफारिस बनाइदिन अनुरोध भइसकेको जानकारी दिए ।
५०० भन्दा बढी विद्युत आयोजनाहरु सदस्य रहेको निजी ऊर्जा उत्पादकहरुको साझा संस्था इप्पानले ऊर्जा आयोजनाहरुका समस्या समाधानका लागि सरोकारवाला निकायमा निरन्तर सहजिकरण गर्दै आएको छ । ऊर्जा उत्पादकहरुका कुनै पनि समस्याका वारेमा इप्पानलाई जानकारी गराएमा इप्पानले सधैं सहजिकरण गरिदिने पनि महासचिव खतिवडाले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।