logo

दुग्ध किसानको बक्यौता २१ चैतभित्र भुक्तानी गरिसक्ने सहमति, आन्दोलन फिर्ता

    465   पटक पढिएको


२० फागुन/अर्थ र व्यापार – कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसाल समेतको उपस्थितिमा दुग्ध विकास संस्थान, डेरी उद्योग र दुग्ध किसानका प्रतिनिधिहरुबीच पाँच बुँदे सहमति भएको छ ।
सहमतिसँगै किसानहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । शनिबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा किसान प्रतिनिधिहरुसहित भएको वार्तामा किसानहरुलाई उद्योगीहरुले आगामी २१ चैतसम्म सबै बक्यौता तिरिसक्ने लगायतका सहमति भएको छ ।
‘दुग्ध उत्पादक कृषकलाई दूध बिक्री गरेबाफत पाउनुपर्ने रकमलाई निरन्तरता दिई पुस मसान्तसम्मको रुकम भुक्तानी प्रत्येक उद्योगले २१ चैत ०८० सम्म गरिसक्ने,’ सहमति पत्रको पहिलो बुँदामा लेखिएको छ ।
दूध बेचेको पैसा नपाएपछि किसानहरु आन्दोलित थिए । उनीहरुले आन्दोलनलाई सोमबारदेखि काठमाडौंमा केन्द्रित गर्ने घोषणा गरेका थिए । विभिन्न जिल्लामा दूध पोखेर विरोध जनाउँदै आएका किसानहरुमाथि परेको मर्काको विषय सांसदहरुले प्रतिनिधि सभाको बैठकमा समेत राख्ने गरेका थिए ।
यसै विषयमा केन्द्रीय दुग्ध सहकारी संघमा आबद्ध किसान प्रतिनिधि, दुग्ध विकास संस्थान –डीडीसी) डेरी उद्योगीका प्रतिनिधि, मन्त्रालयका सचिव समेतका कर्मचारीहरुबीच शनिबार वार्ता भएको थियो ।
सो वार्तामा प्रत्येक उद्योगीले सहकारीबाट खरिद गरेको दूधको परिमाण नघटाई खरिद गरिरहने, दूध तथा दुग्ध पदार्थ निर्यातका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले समन्वय गर्ने, साथै दूध तथा दुग्ध पदार्थको निर्यात प्रबर्द्धनसम्बन्धी विषय सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने सहमती भएको छ ।
यसैगरी, दबैपक्षका प्रतिनिधीहरुबीच सरकारले पशुपाालक किसानहरुलाई दिइरहेको कृषि तथा पशुपंक्षी बीमा कार्यक्रमलाई निरन्तरता दिने र केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडले राखेका अन्य माग सम्बोधन गर्न पहल गर्ने सहमति भएको छ ।
वार्तामा सहभागी केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरले सहमतिसँगै आन्दोलनका कार्यक्रम स्थगित गरेको बताए । यदि दुग्ध किसानहरुको बक्यौता तिर्न आनाकानी गरे फेरि आन्दोलन सुरु गर्ने उनले चेतावनी दिए ।
वार्तामा कृषि मन्त्रालयका सचिव डा.रेवतीरमण पौडेल, केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवर, डेरी एशोसिएसनका अध्यक्ष प्रह्लाद दाहाल र पूर्वअध्यक्ष सुमित केडिया, डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल र पूर्वअध्यक्ष अरनिको राजभण्डारी, राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा.बालक चौधरी, पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाल, दुग्ध विकास संस्थान (डीडीसी)का उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारी लगायत सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।