logo

नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डियाबीच क्रसबोर्डर भुक्तानी थाल्न टीओआरमा भयो हस्ताक्षर

    682   पटक पढिएको


४ फागुन/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डियाबीच नेपाल र भारतबीच क्रस बोर्डर भुक्तानी सुरु गर्ने सम्बन्धमा टर्म्स अफ रिफ्रेन्स (टीओआर) मा हस्ताक्षर भएको छ।
नेपालको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) र भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (युपीआई)को इन्टिग्रेसनबाट अन्तरदेशीय कारोबार छिटो तथा सुरक्षित बनाउन दुई देशका केन्द्रीय बैंकबीच बिहीबार सम्झौता भएको हो।
सम्झौतासँगै अब नेपाल र भारतबीच हुने क्रसबोर्डर भुक्तानी नियमन गर्ने बाटो खुलेको छ। नेपाल र भारतबीच रेमिटेन्सको भुक्तानी छिटो र सुलभ दरमा गराउन समझदारी भएको छ। एनपीआई र युपीआईबीचको इन्टिग्रेसनले दुई देशबीचको वित्तीय कनेक्टिभिटी थप मजबुद बन्ने विश्वास गरिएको छ । नेपाल र भारतबीच कहिलेबाट क्रसबोर्डर भुक्तानी सुरु हुन्छ त्यो भने खुलाइएको छैन।
गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा नेपाल र भारतबीच क्रसबोर्डर भुक्तानी सम्झौता भएको थियो। नेपालको तर्फबाट नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) का सीईओ नीलेशमान सिंह प्रधान र भारतको तर्फबाट एनपीसीआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेड एनआईपीएलका सीईओ रितेश शुक्लाले हस्ताक्षर गरेका थिए। दुवै संस्थाले भुक्तानी सुरु गर्नका लागि प्राविधिक परीक्षण गरिरहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।