logo

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज ,राष्ट्र बैंक सञ्चालक समितिको बैठक बस्दै

मौद्रिक नीतिको समिक्षा कुरिरहेका सेयर लगानीकर्ता पनि पर्ख र हेरको अवस्थामा

    666   पटक पढिएको


२९ माघ/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले मौद्रिक नीति अर्धवार्षिक समीक्षामा छलफल गर्न सञ्चालक समिति बैठक बोलाएको छ । सोमबार साँझ कार्यालय समयपछि बस्ने गरी बोलाइएको बैठकमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा छलफलको एजेन्डा रहेको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

गभर्नर कार्यालय स्रोतका अनुसार आज साँझ ५ बजेपछिका लागि सञ्चालक समितिको बैठक बोलाइएको छ । सञ्चालक समितिले स्वीकृत गरेमा राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा आजै साँझ सार्वजनिक गर्ने सम्भावना छ । आज सार्वजनिक हुनै मौद्रिक नीतिको अर्धवार्षिक समिक्षापछि अहिलेसम्म कायम रहेको सेयर बजारमा समेत केही प्रभाव पर्ने आम लगानीकर्ताहरुको अनुमान छ । मौद्रिक नीतिको समिक्षा कुरिरहेका सेयर लगानीकर्ता पनि आज पर्ख र हेरको अवस्थामा छन ।  यो मौद्रिक नीतिको समिक्षाले सेयर बजारमा मात्र नभएर समग्र मुलुकको अर्थव्यवस्थामा नै केही न केही प्रभाव पार्ने सम्बन्धीत सरोकारवालाहरुको भनाई छ ।
मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा जस्तो गभर्नरलाई मौद्रिक नीति चलाउनुपर्ने दबाब नरहेकाले सोमबार साँझ नै छलफल सकिने सम्भावना रहेको राष्ट्र बैंक स्रोतले जनाएको छ ।
मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षापछि पनि कर्जा विस्तार हुन नसकेको, चालु खाता र शोधनान्तर बचत बढ्दै गएको छ भने मुद्रास्फीतिको दबाब पनि देखिँदैन । यता कर्जा असुली प्रभावित भएको तथा बैंकहरूमा पूँजीकोषको दबाब बढ्दै गएकोले मौद्रिक नीति समीक्षामा केही नियामकीय व्यवस्थाहरु परिमार्जन हुन सक्ने आँकलन गरिएको छ ।
विदेशी विनिमय सञ्चित बढ्दैमा अर्थतन्त्र सुधार नहुने भएकाले अब आर्थिक गतिविधि चलायमान गर्ने दिशातिर नीति लक्षित गर्नुपर्ने बेला आएको राष्ट्र बैंकले जनाएको छ । मौद्रिक नीति समीक्षाले कर्जा विस्तारमार्फत आर्थिक गतिविधि चलायमान गर्न जोड गर्ने आँकलन गरिएको छ ।
यस्तै पूँजीकोषको दबाब कम गर्न केही कर्जाको जोखिम भार पुनरावलोकन गर्नेजस्ता विकल्पमा पनि राष्ट्र बैंक जानसक्ने आँकलन गरिएको छ । राष्ट्र बैंकले स्थायी निक्षेप संकलन सुविधा उपलब्ध गराउने विनियमावली र कार्यविधि संशोधन गरिसकेकोले मौद्रिक नीति समीक्षाबाट निक्षेप संकलन दर सहित ब्याजदर करिडोर अन्तर्गतका नीतिगत दर समेत हेरफेर हुनसक्ने राष्ट्र बैंक स्रोतले जनाएको छ ।
राष्ट्र बैंकले लगातार तरलता खिच्नु परेकाले त्यसको लागत उच्च दरमा बढेको छ । हाल अधिक तरलता भएकाले नीतिगत दरहरू घटाएमा सरकारी आन्तरिक ऋणको लागत पनि अझै तल आउनसक्छ । जसले गर्दा नीतिगत दरहरु अझै केही घट्ने सम्भावना छ ।
सोमबार अर्थमन्त्रालयले पनि चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा गर्ने भएको छ । अर्थमन्त्रालयले दिउँसो ३ बजे पत्रकार सम्मेलन आयेजना गर्दै चालु आवको बजेटको अर्धवार्षिक समीक्षा गर्ने भएको हो ।
बजेटको अर्धवार्षिक समीक्षालगत्तै राष्ट्र बैंकले पनि चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने भएको हो

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।