logo

३.१९ प्रतिशतले घट्यो निर्जीवन बीमा व्यवसाय, पुससम्म १९ अर्ब प्रिमियम संकलन

    561   पटक पढिएको


१२ माघ/अर्थ र व्यापार – निर्जीवन बीमा कम्पनीको व्यवसायमा गिरावट आएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको पुससम्म कम्पनीहरुको व्यवसाय ३.१९ प्रतिशतले घटेको छ ।
१४ वटा बीमा कम्पनीहरुले दोस्रो त्रैमासम्म १९ अर्ब ४४ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन्। पोहोरको तुलनामा यो ६४ करोड रुपैयाँले कम हो। पोहोर दोस्रो त्रैमाससम्म कम्पनीहरुले २० अर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका थिए ।
आर्थिक गतिविधि खुम्चिएका कारण बीमा कम्पनीहरुले यो आर्थिक वर्ष सुरुदेखि नै व्यवसाय बढाउन सकेका छैनन्। व्यवसायमा सर्वाधिक गिरावट आउनेमा राष्ट्रिय बीमा कम्पनी छ। यस कम्पनीको व्यवसाय ५०.७५ प्रतिशतले घटेको छ ।
सो कम्पनीले चालु वर्ष पुससम्म ६९ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। पोहोर यही अवधिमा उसले १ अर्ब ४० करोड रुपैयाँको व्यवसाय गरेको थियो।
१४ मध्ये ६ कम्पनीको व्यवसाय खुम्चिंदा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमा शुल्क संकलन १८.३२ प्रतिशतले घटेको छ। यो कम्पनीले यो वर्ष ६ महिनामा १ अर्ब ९७ करोड २६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।
निर्जीवन बीमा व्यवसायमा सर्वाधिक बजार हिस्सा शिखर इन्स्योरेन्सको छ। उसले ६ महिनामा २ अर्ब ४५ करोड ८ लाख रुपैयाँको व्यवसाय गरेको छ। पोहोर ६ महिनाको तुलनामा यो रकम ७.६० प्रतिशतले कम हो।
व्यवसाय बिस्तार गर्ने ८ कम्पनीमध्ये दि ओरियन्ट इन्स्योरेन्स सबैभन्दा अगाडि छ। यो कम्पनीले ६ महिनामा पोहोरको तुलनामा ३३.३१ प्रतिशतले व्यवसाय विस्तार गरेको छ। उसले पुससम्म ९३ करोड ५१ लाख रुपैयाँ प्रिमियम आर्जन गरेको छ। व्यवसाय गर्ने अनुमति पाएका चार निर्जीवन लघुबीमा कम्पनीमध्ये तीन वटाले ६ महिनामा ४ करोड ५० लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन्।
प्राधिकरणका अनुसार नेपाल माइक्रो इन्स्योरेन्सले २ करोड ३७ लाख, प्रोटेक्टिभ माइक्रोले १ करोड ६५ लाख र स्टार माइक्रो इन्स्योरेन्सले ४७ लाख रुपैयाँको व्यवसाय गरेका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।