logo

उद्योग वाणिज्य संघ काठमाडौंद्धारा कर, राजस्व तथा भन्सार समिति गठन

    761   पटक पढिएको


३ माघ/ अर्थ र व्यापार – नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले कर, राजस्व तथा भन्सार समिति गठनगरि यसलाई पूर्णता दिएका छन् ।
समितिको सभापतिमा कार्यसमिति सदस्य एवं एनइएफएफएका वरिष्ठ उपाध्यक्ष राजेन्द्र संग्रौला नियुक्त भएका छन् । यसैगरी, समितिको सहसभापतिमा विशाल बजार व्यापार संघका अध्यक्ष नरेन्द्रकुमार गुप्ता नियुक्त भएका छन् ।
समितिको सदस्यमा राष्ट्रिय व्यापार संघका अध्यक्ष सरोजकुमार श्रेष्ठ, जुत्ता चप्पल इम्पोर्टर्स संघका अध्यक्ष थानेश्वर ज्ञवाली, मार्ट सञ्चालक संघका अध्यक्ष रंजित लामिछाने, खिचापोखरी न्युरोड व्यापार संघका निवर्तमान अध्यक्ष गणेशकुमार न्यौपाने, एनइएफएफएका उपाध्यक्ष नरेश कुमार अग्रवाल मनोनित भएका छन ।
त्यसैगरी, संघको अन्य सदस्यहरुमा फूटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका महासचिव ज्ञानेन्द्र प्रसाद दाहाल, रञ्जना व्यापार संघका सदस्य महेश पौडेल, नेपाल बितरक संघका सचिव नवराज दहाल, संघका साधारण सदस्यहरु कुमार खरेल, सहदेव बञ्जारा, गणेश कार्की, गणेश टन्डन मनोनित भएका छन् ।
उनीहरुलाई मंगलबार आयोजित एक कार्यक्रमबीच मनोनयनपत्र वितरण गरिएको संघका महासचिव दुर्गाराज श्रेष्ठले जानकारी दिए ।
सो अवसरमा संघका अध्यक्ष दिनेश श्रेष्ठले नयाँ गठन भएको यस कर, राजस्व र भन्सारका क्षेत्रमा समितिको योगदान महत्वपूर्ण रहने र व्यावसायिक हितमा काम हुने अपेक्षा गरिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।