logo

उद्योग वाणिज्य संघ काठमाडौंद्धारा कर, राजस्व तथा भन्सार समिति गठन

    615   पटक पढिएको


३ माघ/ अर्थ र व्यापार – नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले कर, राजस्व तथा भन्सार समिति गठनगरि यसलाई पूर्णता दिएका छन् ।
समितिको सभापतिमा कार्यसमिति सदस्य एवं एनइएफएफएका वरिष्ठ उपाध्यक्ष राजेन्द्र संग्रौला नियुक्त भएका छन् । यसैगरी, समितिको सहसभापतिमा विशाल बजार व्यापार संघका अध्यक्ष नरेन्द्रकुमार गुप्ता नियुक्त भएका छन् ।
समितिको सदस्यमा राष्ट्रिय व्यापार संघका अध्यक्ष सरोजकुमार श्रेष्ठ, जुत्ता चप्पल इम्पोर्टर्स संघका अध्यक्ष थानेश्वर ज्ञवाली, मार्ट सञ्चालक संघका अध्यक्ष रंजित लामिछाने, खिचापोखरी न्युरोड व्यापार संघका निवर्तमान अध्यक्ष गणेशकुमार न्यौपाने, एनइएफएफएका उपाध्यक्ष नरेश कुमार अग्रवाल मनोनित भएका छन ।
त्यसैगरी, संघको अन्य सदस्यहरुमा फूटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका महासचिव ज्ञानेन्द्र प्रसाद दाहाल, रञ्जना व्यापार संघका सदस्य महेश पौडेल, नेपाल बितरक संघका सचिव नवराज दहाल, संघका साधारण सदस्यहरु कुमार खरेल, सहदेव बञ्जारा, गणेश कार्की, गणेश टन्डन मनोनित भएका छन् ।
उनीहरुलाई मंगलबार आयोजित एक कार्यक्रमबीच मनोनयनपत्र वितरण गरिएको संघका महासचिव दुर्गाराज श्रेष्ठले जानकारी दिए ।
सो अवसरमा संघका अध्यक्ष दिनेश श्रेष्ठले नयाँ गठन भएको यस कर, राजस्व र भन्सारका क्षेत्रमा समितिको योगदान महत्वपूर्ण रहने र व्यावसायिक हितमा काम हुने अपेक्षा गरिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।