logo

नेपाल इन्टरमोडलले दुईवटा निर्माण कम्पनीसँग ठेक्का तोड्यो, कालोसूचीमा समेत राखिने

    614   पटक पढिएको


२० पुस/अर्थ र व्यापार – नेपाल इन्टरमोडल यातायात विकास समितिले दुईवटा निर्माण कम्पनीसँग ठेक्का तोडेको छ । समितिले शुक्रबार सूचना जारी गर्दै देव निर्माण एण्ड सप्लायर्स र डाइनामिक कन्स्ट्रक्सनसँग ठेक्का तोडिएको जनाएको हो।
देव निर्माणले रेल वे स्टेसनबाट विराटनगर आईसिपीको मूख्य गेटसम्म पुग्ने सडक निर्माण अलपत्र पारेको छ। डानामिक्सले भने विराटनगर आईसीपीको मर्मतसंभार कार्य नै सुरु नगरेको अवस्था छ ।
समितिले पटक पटक ताकेता गर्दा पनि समय काम नगरी आईसिपी जाने सडक र आईसिपी मर्मत नै अलपत्र परेको कारण उनीहरुसँग ठेक्का तोड्न बाध्य भएको सूचनामा उल्लेख छ। ती कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया पनि अगाडि बढाइने सूचनामा उल्लेख छ ।
सूचनामा भनिएको छ, ‘निर्माण व्यवसायीले सम्झौता बमोजिम समयमै निर्माण कार्य सम्पन्न नगरेको र यस समितिबाट पटक पटक लिखित तथा मौखिक ताकेता गर्दा समेत अटेर गरे पछि ठेक्का किन नतोड्ने सम्बन्धी पत्र प्रेषित गर्दा समेत काम सम्पन्न गर्ने कुनै तदारुकता नदेखाएको एवं सम्झौताको सर्त बमोजिम अधिकतम लिक्वीडेटेड ड्यामेज लाग्ने अवधि २०० दिनसम्ममा पनि निर्माण कार्य सम्पन्न नभएको उल्लेख छ ।
यसैगरी निर्माण कार्य सम्पन्न गर्ने संकेत समेत नदेखिएकोले सम्झौताको सर्त ७२ बमोजिम ठेक्का सम्झौता तोडिएको सो सूचनामा भनिएको छ ।
साथै सर्त ७४ बमोजिम तपसिलको निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रकृया अगाडि बढाइने तथा सर्त ७५.३ बमोजिम बाँकी काम सम्पन्न गर्न लाग्ने खर्च सरकारी नियम सरह असुल उपर गरिने पनि पनि सूचनामा उल्लेख छ । यस समितिले काठमाडौको चोभारस्थित सुख्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।