logo

नेपाल इन्टरमोडलले दुईवटा निर्माण कम्पनीसँग ठेक्का तोड्यो, कालोसूचीमा समेत राखिने

    761   पटक पढिएको


२० पुस/अर्थ र व्यापार – नेपाल इन्टरमोडल यातायात विकास समितिले दुईवटा निर्माण कम्पनीसँग ठेक्का तोडेको छ । समितिले शुक्रबार सूचना जारी गर्दै देव निर्माण एण्ड सप्लायर्स र डाइनामिक कन्स्ट्रक्सनसँग ठेक्का तोडिएको जनाएको हो।
देव निर्माणले रेल वे स्टेसनबाट विराटनगर आईसिपीको मूख्य गेटसम्म पुग्ने सडक निर्माण अलपत्र पारेको छ। डानामिक्सले भने विराटनगर आईसीपीको मर्मतसंभार कार्य नै सुरु नगरेको अवस्था छ ।
समितिले पटक पटक ताकेता गर्दा पनि समय काम नगरी आईसिपी जाने सडक र आईसिपी मर्मत नै अलपत्र परेको कारण उनीहरुसँग ठेक्का तोड्न बाध्य भएको सूचनामा उल्लेख छ। ती कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया पनि अगाडि बढाइने सूचनामा उल्लेख छ ।
सूचनामा भनिएको छ, ‘निर्माण व्यवसायीले सम्झौता बमोजिम समयमै निर्माण कार्य सम्पन्न नगरेको र यस समितिबाट पटक पटक लिखित तथा मौखिक ताकेता गर्दा समेत अटेर गरे पछि ठेक्का किन नतोड्ने सम्बन्धी पत्र प्रेषित गर्दा समेत काम सम्पन्न गर्ने कुनै तदारुकता नदेखाएको एवं सम्झौताको सर्त बमोजिम अधिकतम लिक्वीडेटेड ड्यामेज लाग्ने अवधि २०० दिनसम्ममा पनि निर्माण कार्य सम्पन्न नभएको उल्लेख छ ।
यसैगरी निर्माण कार्य सम्पन्न गर्ने संकेत समेत नदेखिएकोले सम्झौताको सर्त ७२ बमोजिम ठेक्का सम्झौता तोडिएको सो सूचनामा भनिएको छ ।
साथै सर्त ७४ बमोजिम तपसिलको निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रकृया अगाडि बढाइने तथा सर्त ७५.३ बमोजिम बाँकी काम सम्पन्न गर्न लाग्ने खर्च सरकारी नियम सरह असुल उपर गरिने पनि पनि सूचनामा उल्लेख छ । यस समितिले काठमाडौको चोभारस्थित सुख्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।