logo

कृषिमन्त्री भुसालले गरे दुग्ध वितरण आयोजना बालाजुको छड्के अनुगमन

    575   पटक पढिएको

 

१८ पुस/अर्थ र व्यापार – कृषि तथा पशुपन्छी विकासमन्त्री डा.बेदुराम भुसालले बालाजु दुग्ध वितरण आयोजनाको छड्के अनुगमन गरेका छन्।
लामो समयदेखि किसानले दूधको भुक्तानी नपाइरहेको वेला मन्त्री भुसालले बालाजु दुग्ध वितरण आयोजनाको छड्के अनुगमन गरेका हुन्।
मन्त्री भुसाल, मन्त्रालयका सचिव डा.रेवतीरमण पौडेलसहितले गरेको अनुगमनमा यस आयोजनाका २५१ कर्मचारीमध्ये ८३ जना अनुपस्थित रहेको पाइएको छ । जसमा जुनियर टेक्निसियन असिस्टेन्ट विजयकुमार यादव बिहीबारसम्म बिदामा बसेर हाजिरी गरेको पाइएको छ।
यसैगरी, आयोजनाले किसानको भुक्तानी दिन नसकेको, बजार व्यवस्थापन राम्रो नभएको, सरसफाइको अवस्था दयनीय रहेको पाइएको छ । केही महिनाअघि खाद्य प्रविधि तथा गुणस्तर विभाग र जिल्ला प्रशासन कार्यालयले गरेको संयुक्त बजार अनुगमनमा भेटिएका अखाद्य वस्तु नष्ट गर्न भनिए पनि अझै नष्ट नगरेको पाइएको छ ।
आयोजना भद्रगोल अवस्थामा सञ्चालन रहेको देखेपछि मन्त्री भुसालले आयोजना प्रमुख गणेशकुमार यादवलाई तत्काल सुधारका काम गर्न निर्देशन दिएका छन्। आयोजनामा देखिएका बेथितिलाई अनुगमन टोलीले टिपोट गरी ल्याएको छ। आवश्यक अध्ययनपश्चात् आवश्यक कदम चालिने मन्त्रालयले जनाएको छ।
दुग्ध विकास संस्थान निरन्तर घाटामा गइरहेको छ। संस्थानमाथि मन्त्रालयमा उजुरीका चाङ छन्। पटक–पटक संस्थान सुधारका लागि मन्त्री भुसालले मौखिक र लिखित निर्देशन दिँदै आए पनि महाप्रबन्धक सञ्जीव झाले अटेरी गर्दै आएका छन्।
केही दिनअघि किसानले भुक्तानी नपाउँदासम्म कर्मचारीले प्राप्त गर्दै आएको अतिरिक्त सेवालाई मन्त्री भुसालले कटौती गराए पनि त्यसको कार्यान्वयन नभएको पाइएको छ। अनुगमनका क्रममा देखिएका समस्या समाधानमा आफू सक्रिय रहेको र संस्थानको सुधारका लागि आवश्यक निर्णय गर्ने मन्त्री भुसालले जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।