logo

बाह्रौं पोखरा महोत्सव २६ पुसबाट

    734   पटक पढिएको


९ पुस/अर्थ र व्यापार –  १२ औं संस्करणको पोखरा महोत्सव पुस २६ देखि माघ ८ गतेसम्म हुने भएको छ । आयोजक युनाइटेड क्लबले पत्रकार सम्मेलनमार्फत अमरसिंह मैदानमा महोत्सव हुने जानकारी दिएको हो ।
क्लबले यसअघिको महोत्सवबाट संकलित रकम सेती नदी संरक्षण र चिडियाखाना निर्माणमा खर्च गरेको आयोजक क्लबका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । उनका
अनुसार बाह्रौं पोखरा महोत्सवबाट संकलित रकमबाट लेखनाथको अर्चलेमा छात्राबास निर्माण गरिनेछ ।
‘त्यहाँ गरिब तथा जेहेन्दार विद्यार्थी लक्षित निशुल्क शिक्षा पाउने गरी आवासीय छात्राबास बनाउने योजना बनाएका छौं’ उनले भने । क्लबले पोखरामा खुल्ला चिडियाखाना निर्माणको अवधारणा लिई लेखनाथमा निर्माणाधीन पोखरा जुलोजिकल पार्कमा हालसम्म ५८ लाख ८५ हजार रुपैयाँ हस्तान्तरण गरिसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
१२ दिनसम्म चल्ने महोत्सवमा २३० देखि २५० स्टल रहने र आइतबारदेखि स्टल बुकिङ खुल्ला गरिएको आयोजकले जानकारी दिएको छ । महोत्सवमा २ देखि २ लाख ५० हजार दर्शकको अनुमान गरिएको छ ।
महोत्सवबाट १ करोड १७ लाख ५० हजार आम्दानी र १ करोड १७ लाख ५० हजार खच भई ३४ लाख २५ हजार बचत हुने अनुमान गरिएको छ ।
महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधिहरुको प्रदर्शनी एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुतिसँगै कृषिका गतिविधिहरु सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ ।
महोत्सवमा मन्त्र, लाहुरे, सविन राई एन्ड द फेरोह, भिटेन, मेलिना राई, सुगम पोखरेल, जीबब, माइला, श्री ३, रक हेड्ससँगै लोकल ब्यान्डले रात्रिकालीन प्रस्तुति दिनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।