logo

१६ हजार केजी अवैध चिनी बरामद, लिलामीको तयारीमा सरकार

    637   पटक पढिएको


२१ मंसिर/अर्थ र व्यापार – भारतबाट अवैध रुपमा ल्याइएको १६ हजार केजी चिनी सरकारले बरामद गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंले संयुक्त अनुगमनका क्रममा दसैंतिहारको बीचमा सतुंगलबाट चिनी बरामद गरेको हो ।
विभागका महानिर्देशक तीर्थराज चिलुवालका अनुसार आयातकर्ताले भन्सारबाट लिलामी भएको चिनी ल्याएको छानबिनका क्रममा बताएका छन् । ‘छानबिनका क्रममा आयातकर्ताले भन्सार कार्यालयबाट लिलामी सकारेर चिनी खरिद गरी काठमाडौं ल्याएको वयान दिएका जानकारी गराउँदै चिलुवालले भने, ‘तर हामीले भन्सार कार्यालयबाट लिलामी भनिएको चिनीको कागजपत्र र आयातकर्ताले लिलामीमा सकारेको कागजपत्र र गुणस्तरको प्रतिवेदन भिडाउँदा फरक परेकाले चिनी जफत गरेका हौं ।’
चिलुवालले आपूर्तिकर्ताले उपलब्ध गराएको कागतपत्र र भन्सारले लिलामी गरेको भनिएको कागजपत्र मिलाउँदा एक–अर्कोसँग नमिलेका कारण चिनी जफ्त गरिएको बताए । उनका अनुसार आयातकर्ताले अवैध बाटोबाट १ वर्ष पुरानो चिनी भित्राएका हुन् ।
‘हामीले सो चिनीको विषयमा थप कागजात माग गरेका छौं’ चिलुवालले भने । ‘तर थप कागजात देखाउन नसकेकाले केही छानबिनपश्चात सो चिनी भन्सार विभागलाई जिम्मा लगाएर लिलामी गराउने तयारीमा सरकार रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।