logo

चाडपर्वमा कृत्रिम अभाव र नाफाखोरी गरे कडा कारबाहीको चेतावनी

    583   पटक पढिएको


१७ असोज/अर्थ र व्यापार – सरकारले नजिकिएको दसैं–तिहार र छठपर्वलगायतका चाडपर्वका अवसरमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तुमा कृत्रिम अभाव सिर्जना गरी अस्वाभाविक मूल्यवृद्धिसहित नाफाखोरी गर्नेमाथि कडा कारबाही हुने चेतावनी दिएको छ ।

चार्डपर्वका बेला कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा वस्तु बिक्रीवितरण गर्नेजस्ता अनुचित कार्य नगर्न र नगराउन सम्पूर्ण उद्योगी व्यवसायीको ध्यानाकर्षण गराउँदै सरकारले यस्तो चेतावनी दिएको हो ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र नाफाखोरी गर्ने व्यक्तिलाई कानुनबमोजिम कडा कारबाही गर्न कोही कसैसँग सूचना भए हेलो सरकार, वाणिज्य विभागको पोर्टल वा टोल फ्री नम्बर ११३७ मा सूचना दिनसमेत आग्रह गरेको छ ।

यसैगरी, बैठकले उपभोग्य वस्तुको बिक्रीवितरणसँगै सम्बन्धित सार्वजनिक निकायले तत्काल देशभर शपथ मूल्यका पसल सञ्चालन गर्ने, बजार अनुगमनका लागि स्थापित सम्पूर्ण संयन्त्रलाई थप सक्रिय र क्रियाशील बनाई बजार अनुगमन प्रभावकारी बनाउने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद् बैठकले कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक नाफाखोरी गर्ने र अस्वभाविक मूल्यवद्धि गरी कालोबजारी संलग्न हुने जो कोहीलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गर्ने र सोको प्रतिवेदन सर्वसाधारण सबैको जानकारीका लागि सम्बन्धित निकायबाट दैनिक रूपमा सम्प्रेषित गर्नसमेत निर्देशन दिएको छ ।

सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखा शर्माले मंगलबारको मन्त्रिपरिषद् बैठकबाट यस्तो निर्देशन भएको बताएकी हुन् । उनले नजिकिएको चाडपर्वको अवसरमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तु कृत्रिम अभाव सिर्जना गरी अस्वाभाविक मूल्यवृद्धि कालोबजारी गरी वस्तु बिक्रीवितरण गर्नेजस्ता अनुचित कार्य नगर्न÷नगराउन सम्पूर्ण उद्योगी व्यवसायीलाई सरकारले ध्यानाकर्षण गराएको जानकारी गराइन् ।

उनले अब सरकारले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र नाफाखोरी गर्ने व्यक्तिलाई कानुनबमोजिम कडा कारबाही गर्ने बताइन् । दैनिक उपभोग्य वस्तुको बिक्रीवितरणसँगै सम्बन्धित सार्वजनिक निकायले तत्काल देशभर शपथ मूल्यका पसल सञ्चालन गर्ने, बजार अनुगमनका लागि स्थापित सम्पूर्ण संयन्त्र थप सक्रिय र क्रियाशील बनाई बजार अनुगमनलाई प्रभावकारी बनाउने सरकारको लक्ष्यअनुरूप यो निर्णय भएको उनले बताइन् ।

अस्वाभाविक मूल्यवृद्धि र कालो बजारी नियन्त्रण गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक नाफाखोरी गर्ने र अस्वाभाविक मूल्यवद्धि गरी कालोबजारी संलग्न हुने जो कोहीलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गर्ने र यसको प्रतिवेदन सर्वसाधारण सबैको जानकारीका लागि सम्बन्धित निकायबाट दैनिक रूपमा सम्प्रेषित गर्नसमेत निर्देशन गरिएको उनले बताइन् ।

अहिले बजारमा यस्ता नाफाखोरले आफूखुसी अस्वाभाविक रूपमा विभिन्न वस्तुको बजार भाउ बढाएर उपभोक्ताको डाढ सेक्ने काम गरिरहेका छन् । विभिन्न बहाना बनाएर कालाबजारीमा संलग्नले चामल, पिठो, चिनी, गेडागुडीलगायत हरेक वस्तुको मूल्य अत्यधिक बढाएको उपभोक्ता अधिकारकर्मीको आरोप छ । उनीहरूले चर्को मूल्यवृद्धि नियन्त्रणमा सरकारी संयन्त्र नै कमजोर देखिएको बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।