logo

असोज अन्तिमदेखि दसैंलाई नयाँ नोट बाँड्दै राष्ट्र बैंक, क्युआर भुक्तानीको व्यवस्था हुँदै

    676   पटक पढिएको


१६ असोज/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले यस पटकको दसैं लक्षित नयाँ नोट असोज अन्तिम सातादेखि वितरण गर्ने भएको छ। केन्द्रीय बैंकले यस पटक डिजिटल भुक्तानीको व्यवस्था गर्दै दसैंका लागि नयाँ नोट वितरण गर्ने भएको हो।
यस वर्षको दसैंको टीका कात्तिक ७ गते परेको छ। दसैंका लागि फूलपातीदेखि सार्वजनिक विदा सुरु हुन्छ। फूलपातीको अघिल्लो दिनसम्म सबै सरकारी कार्यालयका साथै बैंक तथा वित्तीय संस्थाहरु खुला हुन्छन्।
राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले दसैंका लागि नयाँ नोट पनि सर्वसाधारणले उक्त दिनसम्म सटही गर्न पाउँछन्। यस पटकको दसैंका लागि भने करिब एक साता नयाँ नोट सटही सुविधा दिइने बताए ।
विगतका वर्षहरुमा जस्तै नयाँ नोट यस पटको दसैंका लागि पनि सहज वितरण हुने, सार्वजनिक विदा सुरु हुनुभन्दा एक साताअघि नयाँ नोट वितरण थालिने जानकारी गराउँदै डेपुटी गभर्नर मिश्रले भने, ‘यस पटक नोट साट्न आउनेका लागि डिजिटल भुक्तानीको व्यवस्था हुनेछ। क्युआर भुक्तानी गरेर नयाँ नोट साट्नेका लागि छुट्टै लाइनमा राखेर वितरण हुन्छ।’
उनले राष्ट्र बैंकले अन्य विदेशी मुद्रा सटहीमा क्यूआर भुक्तानीको व्यवस्था गरेजस्तै नयाँ नोट सटहीमा पनि क्युआर भुक्तानीको व्यवस्था गर्न लागिएको बताए ।
दसैं लक्षित नयाँ नोट सटहीका लागि राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले आवश्यक तयारी गरिरहेको छ। विभागले नोट सटहीको व्यवस्थापनमा कमिटी नै बनाएर काम गरिरहेको बताउँदै उनले सो कमिटीले सुझाएमा यस पटकको दसैंका लागि प्रतिव्यक्ति सटही सीमा बढ्न सक्ने जानकारी गराए ।
यसअघि राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट सहटी सुविधा दिने गरेको थियो । यस पटक पनि सीमा थपघट भए पनि ५, १०, २०, ५० र १०० रुपैयाँदरका एक बन्डल नयाँ तथा सुकिला नोट राष्ट्र बैंकले उपलब्ध गराउने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।