logo

धितोपत्र बोर्डको कमजोरीले सेयर बजारमा विकृति बढ्यो, बजार तलमाथि गरेर सीमितले मात्रै कमाउने काम भयो : अर्थमन्त्री महत

    550   पटक पढिएको



१५ असोज/अर्थ र व्यापार – अर्थमन्त्री डा. प्रकाशशरण महतले धितोपत्र बोर्डको कमजोरीको कारण सेयर बजारमा विकृति फैलिएको बताएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले विश्व लगानीकर्ता सप्ताह–२०२३ को उद्घाटन कार्यक्रममा बोल्दै नियमकले नियमन गर्न नसक्दा अहिले बजारमा अनेकखालका घटनाहरु घट्ने गरेको बताए ।
‘सेयर बजारबाट आम लगानीकर्ताले फाइदा लिन पाए भने मात्र यसबाट केही हुने रहेछ भनेर लगानी गर्न अग्रसर हुन्छन् । जहाँ आम सर्वसाधारणको लगानी सुरक्षित गर्न जरुरी छ । हाम्रो अहिले चिन्ताको विषय चाहिँ त्यही हो,’ उनले भने । तर, अहिले खुलेआम इनसाइडर ट्रेनिङ तथा नियामकबाटै सूचना लिक हुने प्रवृत्ति देखिएको छ यसले सर्वसाधारण लगानीकताई फसाउने काम भएको भन्दै उनले यस्ता विषयलाई धितोपत्र बोर्डले नियमनको दायराभित्र ल्याउन नसक्नु अहिलेको कमजोरी भएको धारणा राखे ।

यसैगरी, अर्थमन्त्री महतले सेयर बजारलाई स्वस्थकर बनाउन जरुरी रहेको भन्दै यसका लागि धितोपत्र बोर्डले ध्यानदिनुपर्ने बताए । अहिले बढाइचढाइ गरेर आम लगानीकर्तालाई प्रभाव पार्ने प्रवृत्ति छ, जसका कारण अहिले धेरै लगानीकर्ताहरु पेनिक भएको बताउँदै उनले भने, ‘यसलाई रोक्नका लागि लगानी सुरक्षाका ज्ञान र जागुरुकता पैदा गर्न जरुरी भएको धारणा राखे ।
बजारमा स्वस्थ्य प्रतिस्पर्धाको वातावरण निर्माण गर्न जरुरी रहेको भन्दै नयाँ ब्रोकर आएसँगै यसले गति लिने बताउँदै महतले भने, ‘पहिला सीमित ब्रोकर मात्र थिए, अहिले ब्रोकरको संख्या बढेको छ, अब मनोपलाइज न्यून हुँदै जानेछ । ‘यसको फाइदा आम लगानीकर्ताले लिन सक्नुपर्छ ।’
बोर्डले सेयर बजारका विषयमा जिज्ञासा, जानकारी र गुनासोलाई तत्काल सम्बोधन सक्ने सहज प्लेटफर्म ‘च्याटबोर्डको शुभारम्भ गरेको छ । यसलाई सबै लगानीकर्ताले प्रयोग गरेर उपयोगमा ल्याउनुपर्ने मन्त्री महतको भनाई थियो ।
अहिले धितोपत्र बोर्ड लगानी साक्षरता विषयमा कमजोर रहेको बताउँदै उनले विश्वमा लगानीका नयाँ तौरतरिका विकसित भइरहेको र त्यसलाई आत्मसाथ गर्दै अघि बढ्नुपर्नेजानकारी गराए । ‘सूचना क्रान्तिले नयाँ अवसरसँगै चुनौति पनि ल्याउँछ । यसलाई रोक्न हामीले आफूलाई तयारी राख्नुपर्छ,’ उनले भने, ‘यसो भए मात्र लगानीकर्ता सुरक्षित हुन्छन् । यसैका लागि नियमनकारी निकाय धितोपत्र बोर्ड गठन भएको हो ।’

यसैगरी, मन्त्री महतले अहिले सेयर बजारमा जुन प्रवृत्ति हाबी भएको छ त्यसबाट सीमितले मात्र बुझने र त्यस्ता व्यक्तिले मात्रै कमाउने काम भैरहेको बताए । ‘अहिले बजारका सीमित खेलाडीहरु बजारमा खेल्न सिपालु छन् भने उनीहरुले यसबाट प्रशस्त फाइदा उठाउँछन्,’ उनले भने, ‘कुन बेला बजार तल झार्ने, कुन बेला माथि पुर्याउने, कुन बेला के गर्दा फाइदा हुन्छ र, आम लगानीकर्ता बिलखबन्दमा पर्ने भन्ने अवस्था नेपालमा विद्यमान छ ।’
यसैगरी, उनले अहिले सेयर बजारमा देखिएको समस्या समाधानका लागि केही दिनभित्रै नयाँ निर्णय आउने समेत उनले लगानीकर्तालाई आश्वस्थ पारेका थिए । ‘सेयर बजारका लागि केही निर्णय चाडै आउँछ भन्ने मलाई विश्वास छ,’ उनले भने, ‘यसबाट बजार सुधार हुँदै जानेछ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।