logo

मल कारखाना स्थापनाको विस्तृत अध्ययन गर्न मलेसियन कम्पनीसँग सम्झौता

    680   पटक पढिएको


११ असोज/अर्थ र व्यापार – नेपालमा ग्रीन क्याल्सियम एमोनियम नाइट्रेड मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययनका लागि मलेसियन कम्पनीसँग समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
लगानी बोर्ड र रिनिकोला एसडीएन बीएचडी (मलेसिया)बीच समझदारीमा पत्रमा हस्ताक्षर भएको हो । लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट र रिनिकोलाका प्रबन्ध निर्देशक बौमहिदी अब्देलालीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
कम्पनीले मल कारखाना स्थापना सम्बन्धी विस्तृत अध्ययन गरेर प्रतिवेदन तयार पार्नेछ । रिनिकोलाले विजुली प्रयोग गरेर मल उत्पादन गर्न ०७९ पुस २४ गते प्रस्ताव पेश गरेको थियो ।
सार्वजनिक–निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को व्यवस्था अनुसार सो कम्पनीले प्रस्ताव गरेको हो। सोही प्रस्तावका आधारमा लगानी बोर्डको २०७९ सालको ३० चैतमा सम्पन्न ५३औं बैठकले कम्पनीलाई अध्ययन अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको थियो। यसैगरी, प्रस्तावकसँग गरिने समझदारीपत्रको मस्यौदा गत ८ भदौमा भएको बोर्डको ५५औं बैठकबाट स्वीकृत भएको थियो।

समझदारीपत्रको प्रावधान बमोजिम अनुमतिपत्र प्राप्त गरेको २४ महिनाभित्र विस्तृत अध्ययन गरेर प्रतिवेदन तयार पार्नुपर्नेछ । तनहुँ जिल्लाको आँबुखैरेनीमा स्थापना हुने प्रस्ताव गरिएको यो परियोजनाले ईलक्ट्रोलाइसिस प्रविधिको प्रयोग गरी ग्रीन एमोनिया र ग्रीन क्याल्सियम एमोनियम मल तयार पार्ने अवधारणा राखेको छ ।

करिब २६० मिलियन अमेरिकी डलर अनुमानित परियोजना लागत रहेको यस प्रस्तावित परियोजनाबाट वार्षिक ९५ हजार ६ सय टन ग्रीन एमोनिया र २ लाख ८६ हजार ९७५ टन ग्रीन क्याल्सियम एमोनियम मल उत्पादन गर्ने प्रस्ताव गरिएको छ ।
बोर्ड सीईओ भट्टले परियोजनाले नेपालको विद्युत लगायतका आन्तरिक स्रोतको परिचालन गरी हरित अर्थतन्त्रको विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।