logo

घर बनाउन अब धितोको ७० प्रतिशतसम्म ऋण पाइँने,ब्याज बढेपनि किस्ता नबढ्ने

    1006   पटक पढिएको


२ असोज/अर्थ र व्यापार – घर बनाउन अब धितोको ७० प्रतिशतसम्म ऋण पाइँने भएको छ । यसरी लिएको बैंक ऋणको ब्याज बढेपनि किस्ता चाँही नबढ्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले घरजग्गा व्यवसायमा केही लचिलो नीति अघि सारेर आर्थिक मन्दीको चपेटामा परेका नेपाली नागरिकलाई यस्तो सुविधा दिएको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गरेको व्यवस्थालाई थप स्पष्ट पार्दै घर बनाउनका लागि धितोको ७० प्रतिशतसम्म कर्जा पाउने बताएको छ भने सो कर्जाको ब्याज बढेपनि मासिक किस्ता भने नबढ्ने व्यवस्था गरेको छ ।
आवासिय प्रयोजनका लागि पहिलो पटक घर खरिद गर्ने व्यक्तिको लागि घर वा अपार्टमेन्ट खरिद वा घर निर्माणको लागि बैंक तथा वित्तीय संस्थाबाट दुई करोड रुपैयाँसम्मको आवासीय घर कर्जा लिन सकिने सहज व्यवस्था मौद्रिक नीतिमार्फत् गरिएको थियो ।
सो व्यवस्थालाई थप स्पष्ट पार्दै राष्ट्र बैंकले भनेको छ, ‘तीन हजार वर्गफिटसम्मको घर निर्माण खरिद वा अपार्टमेन्ट खरिद गर्नका लागि बैंक तथा वित्तीय संस्थाले धितो मुल्यांकनको ७० प्रतिशतसम्म यस्तो कर्जा प्रवाह गर्न सक्नेछन् र ब्याजदर वृद्धि भएमा मासिक किस्ता परिवर्तन नहुने व्यवस्था गर्नु पर्दछ ।’
यसअघि फर्स्ट होम बायरलाई घरकर्जाको सीमा एक करोड ५० लाख तोकिएको थियो । राष्ट्र बैंकले यो व्यवस्थामा थप प्रष्ट पारपछि घरजग्गा क्षेत्र केही चलायनमान हुन मद्दत पुग्नेछ ।
यस्तै, राष्ट्र बैंकले देशको समग्र आर्थिक विकासका लागि यसका पूर्वाधारहरु पनि बलियो हुनु बताएको छ । राष्ट्र बैंकले विकासका पूर्वाधारमा लगानी प्रोत्साहन गर्ने उद्देश्यले अस्पताल नभएका स्थानीय तहमा १०० बेडसम्मको अस्पताल स्थापना गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरुले आधारदरमा बढीमा दुई प्रतिशतसम्म मात्र प्रिमियम थप गरी २० करोड रुपैयाँसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरेको राष्ट्र बैंकले सूचना मार्फत् जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।