logo

जग्गाको कित्ताकाट खुलाउने सरकारी निणर्यले पनि अझै घरजग्गा बजारमा सुधार भएन

    736   पटक पढिएको


२ असोज/अर्थ र व्यापार – सरकारले जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेपनि अझै घर जग्गा कारोबारमा सुधार आएको छैन ।
जसका कारण हाल खरिद विक्रीको चहल पहल समेत घटेको छ । भदौमा घरजग्गा कारोबारबाट उठ्ने राजस्व बढेपनि कारोबार संख्या भने साउनको तुलनामा घटेको छ ।
घरजग्गा कारोबार चलायमान नबन्दा देशको समग्र अर्थतन्त्र नै संकुचित भएको भन्दै सरकारले महिना दिनअघि कित्ताकाट खुलाउने निर्णय गरेको थियो। कित्ताकाट खुलाएपनि बजार तयार नहुँदा घरजग्गा कारोबार अझै माथि उठ्न नसकेको देखिन्छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार भदौमा देशभरका मालपोत कार्यालयहरुबाट ३५ हजार ६८६ लिखत पारित भएका छन् । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा लिखत पारित ३९ हजार २६३ मा झर्दै घरजग्गा कारोबार थप संकटमा फसेको थियो।
असारको तुलनामा साउनमा लिखत पारित ९ हजार ५०८ ले घटेको थियो। असारमा देशभरका मालपोत कार्यालयहरुबाट ४८ हजार ७७१ लिखत पारित भएको थियो।
साउनको तुलनामा भदौमा लिखत पारित ३५ सय भन्दा बढीले घटेको छ। यस्तै, भदौमा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब ३६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
यो साउनको तुलनामा ४४ करोड रुपैयाँभन्दा बढी हो। २०७९/८० को भदौमा लिखत पारित ३४ हजार ७२० थियो भने राजस्व ३ अर्ब ५६ करोड रुपैयाँ राजस्व उठाएको थियो।
सहरी क्षेत्रहरुमा बढी कारोबार भएकाले राजस्व बढी देखिएको विभागका अधिकारी बताउँछन्। बैंकको ब्याजदर, लगानी गर्ने आँट र खरिदकर्ता नभेट्नुले घरजग्गा कारोबारलाई थप शिथिल बनाइरहेको घरजग्गा व्यवसायीहरुको गुनासो छ ।
नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले समग्र अर्थतन्त्रमै मन्दी छाइरहेको अवस्थामा घरजग्गा कारोबार राम्रो हुन्छ भन्नु कल्पना बाहिरको कुरा भएको बताए ।
उनका अनुसार पछिल्लो समय सहकारी संस्थाहरु एकपछि अर्को समस्याग्रस्त बन्दै गएपछि धेरै निक्षेपकर्ताको पैसा डुबेको छ । जसका कारण सहकारीबाट घरजग्गामा हुने लगानी न्यून छ । जसले गर्दा कारोबारलाई उठ्न नदिएको सम्बन्धीत व्यवसायीहरुको भनाई छ । उनीहरुले अझै लगानीकर्ता पर्ख र हेरको अवस्थामै रहेकाले कारोबार नभएको बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।