logo

एनसेलले मनायो १८औं वार्षिकोत्सव

    589   पटक पढिएको

१ असोज/अर्थ र व्यापार – एनसेल आजियाटा लिमिटेडले आइतबार आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सव मनाएको छ। दूरसञ्चार कम्पनी एनसेल आजियाटा लिमिटेड सन् २००५ को १७ सेप्टेम्बरमा स्थापना भएको थियो । सोही समयदेखि एनसेल (पहिले मेरो मोबाइल) ले आफ्नो सेवा सञ्चालनमा ल्याउँदै यात्रा सुरु गरी आइतबार १८ औं वार्षिकोत्सव मनाएको हो ।
एनसेल आजियाटाले सेवा सञ्चालनको १८ औं वार्षिकोत्सव मनाउँदासम्म विगत १८ वर्षको अवधिमा नेपालीलाई विश्वस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराएको जनाएको छ । नेपाली जनसमुदायलाई विश्वस्तरीय दूरसञ्चार सेवाहरूमार्फत जोड्दै प्रविधि र कनेक्टिभिटीको पहुँचले दिने लाभ निरन्तर प्रदान गर्दै आएको सो कम्पनीले जनाएको छ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एवं प्रबन्ध निर्देशक जाब्बीर कायुमोमले एनसेलको १८ वर्षको उल्लेखनीय यात्राका बारेमा आफ्नो उत्साह र भावनाहरू प्रकट गर्दै भने, ‘१ करोड ६० लाखभन्दा बढी नेपाली नेपालको अर्थतन्त्रको अभिन्न अंग बन्न पाएकोमा हामी गर्व गर्छौं। एनसेल सधैं नेपाल र नेपालीलाई गुणस्तरीय सेवाले जोड्न प्रतिबद्ध छ र अब हामी देशको दूरसञ्चार आवश्यकता र प्रविधि विकासलाई सम्बोधन गर्न अझै जिम्मेवार बनेका छौं।’
बहुसंख्यक नेपालीका लागि पाउन कठिन हुने सेवा र सुविधामा सहज पहुँच सुनिश्चित गराउने अब हाम्रो भिजन हुने बताउँदै उनले एनसेल हामी तपाईंकै लागि हो र अझै धेरै वर्ष निरन्तर यात्राका लागि प्रतिबद्ध छौं’ भन्ने परिकल्पना गरिएको जानकारी गराए ।
आइतबार काठमाडौमा आयोजित कार्यक्रममा एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवका अवसरमा विभिन्न योजना अघि सारेको जनाएको छ। एनसेलले आफ्नो १८औं वार्षिकोत्सवका अवसरमा सामुदायस्तरमा लागू हुने सामाजिक पहल ‘एटिन फर एटिन’ अर्थात १८ का लागि १८ कार्यक्रम सुरु गरेको घोषणा गरेको हो।
यसअन्तर्गत एनसेलले ७ वटै प्रदेशका गैरनाफामूलक संस्थाहरूबाट आ–आफ्नो स्थानीय समुदायलाई हित गर्ने कुनै पनि सामुदायिक विकास परियोजनाका लागि आवेदन दिन आह्वान गरेको छ।
यस योजनामा सहभागी हुन इच्छुक संस्थाले एनसेलको वेवसाइटमार्फत आवेदन दिन सक्नेछन्। निश्चित मापदण्ड र प्रक्रिया पु¥याएर छानिने त्यस्ता सिएसआर आयोजनाका लागि कम्पनीले प्रतिपरियोजना १० लाख रुपैयाँ प्रदान गर्ने जनाएको छ।
यसैगरी, कम्पनीले आफ्नो ब्रान्डको वाचा ‘आज, भोलि सधैँसँगैअन्तर्गत रही हामी तपाईंका लागि’ थिमको घोषणा गरेको छ। यस थिमअन्तर्गत एनसेलले सामाजिक कार्य अगाडि बढाउन र नेपालमा सामुदायस्तरमा सार्थक प्रभाव पार्न श्रृंखलाबद्ध विभिन्न क्रियाकलाप, सहकार्य र कार्यक्रम घोषणा गरेको छ।
एनसेलले आफ्नो वार्षिक उत्सव मनाइरहेका बेला ग्राहकसँग खुनियाली बाँड्न आकर्षक अफर पनि ल्याएको छ । प्रत्येक ग्राहक बिजेता बन्ने यस ‘एभ्री कस्टमर इज अ विनर’ अफरमा सबै ग्राहकले २८ दिन सम्म केही न कही गिफ्ट पाउनेछन।
यस अफरमा ८१७११७३ डायल गर्ने ग्राहकहरूले दैनिक, साप्ताहिक र बम्पर उपहारहरू प्राप्त गर्न योग्य बन्छन्। दैनिक उपहारमा ग्राहकले एनसेलका सेवा कुनै पनि शुल्क बिना प्राप्त गर्न सकछन्। प्रत्येक साता एनसेलका १ हजार ग्राहकले एक सय रुपैयाँ ब्यालेन्स पाउनेछन् र अफरको अन्त्यमा सात जना भाग्यशाली ग्राहकले ७ वटा स्कुटर पाउनेछन्।
साप्ताहिक र बम्पर उपहार प्राप्त गर्न ग्राहकले अफर अवधिभरि एनसेल सेवा प्रयोग गरेको हुनुपर्छ र एनसेलबारे रचनात्मक नारा एनसेल एप या एनसेल वेबसाइटमार्फत एनसेलसँग पठाउनुपर्नेछ। आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी ‘सिएनआर र बिम हामी तपाईंकै लागि’ अन्तर्गत एनसेलले राष्ट्रिय प्यारालम्पिक समिति, नेपालसँग सहकार्य घोषणा गरेको छ। जसअन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा नेपालको प्रतिनिधित्व गर्ने प्यारालम्पिक राष्ट्रिय खेलाडीलाई सहयोग गर्नेछ।
दिगो विकासका लक्ष्यहरू हासिल गर्न सरकारलाई सहयोग गर्ने कम्पनीको प्राथमिकता अनुरुप एनसेलले लामो समयदेखि सिएमआरलाई उच्च प्राथमिकतामा राख्दै आएको छ। विगत १८ वर्षमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनाहरूमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको बताएको छ । सबैभन्दा ठूलो करदातामध्ये एकका रूपमा, एनसेलले अर्थतन्त्रमा प्रभावकारी योगदान पुयाउँदै आएको भन्दै उसले आफ्नो स्थापनाकालदेखि आर्थिक वर्ष २०७८÷७९ सम्ममा कर र शुल्कवापत २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरिसकेको जनाएको छ।

वार्षिक उत्सवकै अवसरमा ‘हामी तपाईंकै लागि थिमअनुरूप एनसेलले आफ्नो सिइओ जाब्बोरको इन्स्टाग्राम खाता खोलेको र सो खातामार्फत सर्वसाधारणले सिइओसँग सिधै सम्पर्क गर्नसक्ने घोषणा पनि गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।