logo

कर प्रणाली सुधारका लागि सरकारले बनायो समिति, ५० प्रतिशत भन्सार छूटमा चिनी ल्याएर महंगी नियन्त्रण गर्ने

    588   पटक पढिएको


३१ भदौ/अर्थ र व्यापार – सरकारले कर प्रणालीमा सुधारका लागि एक विशेष समिति गठन गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा विशेष समिति गठन गरेको हो।
मल्लिक कर प्रशासनका जानकार मानिन्छन्। पूर्व अर्थसचिव समेत रहेका मल्लिक १० वर्षअघि अन्तरिम मन्त्रिपरिषद्मा संघीय मामिला तथा स्थानीय विकास र स्वास्थ्य तथा जनसंख्यामन्त्री थिए । यस समितिले कर सम्बन्धमा उठेका गुनासो, विद्यमान प्रावधान लगायतको अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउने छ ।
यो समितिलाई सुझाव प्रतिवेदन सरकारलाई बुझाउन आगामी माघ महिनासम्मको समय दिइएको छ । सरकारले चालु आर्थिक वर्षमा गरेको घोषणा अनुसार कर प्रणालीमा सुधारका लागि यो विशेष समिति गठन गरेको हो।
समितिले दिने सुझावका आधारमा आगामी आर्थिक वर्षको बजेट बनाउने सरकारले लक्ष्य छ । सरकारले यो आर्थिक वर्ष गत आर्थिक वर्ष संकलन भएको भन्दा करिब ४० प्रतिशत बढी राजस्व संकलनको लक्ष्य लिएको छ । यो स्थितिमा मल्लिकको समितिले के कस्ता सुझाव दिन्छ भन्नेमा धेरैको चासो रहेको छ ।
यसैगरी, मन्त्रिपरिषद्ले ५० प्रतिशत भन्सार महसुल छूटमा २० हजार मेट्रिक टन चिनी आयातको अनुमति दिएको छ । मन्त्रिपरिषद् बैठकले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई ५० प्रतिशत भन्सार महसुल छूट गरी १०÷१० हजार मेट्रिक टन चिनी आायात गर्न स्वीकृति दिएको हो।
चाडपर्व सुरुभएसँगै हाल बजारमा व्यापारीले मूल्य मनपरीरुपमा बढाएपछि सरकारले आफ्नो स्वामित्व रहेका दुई कम्पनीलाई भन्सार छूटमा चिनी आयातको अनुमति दिएको हो । चाडपर्व नजिकिएपछि व्यापारीले चिनीको भाउ बढाएर प्रतिकेजी १३० रुपैयाँ पु¥याइसकेका छन्। दुई महिनाअघि चिनीको खुद्रा मूल्य प्रतिकेजी ९५ रुपैयाँ थियो।
५० प्रतिशत भन्सार छूटमा आयातको अनुमति दिएपछि बजारमा भाउ नियन्त्रण गर्न सहयोग पुग्ने सरकारको दावी छ ।
खर्च कटौतीमा लागेको सरकारले यसपालि विभूषण वितरण कार्य समेत स्थगित गरेको छ । सरकारले यसअघि संविधान दिवसका दिन घोषणा गरेर नयाँ वर्षका दिन राष्ट्रपतिमार्फत विभूषण बाँड्दै आएको थियो । सत्तारुढ दलका आसेपासे जसलाई पनि वितरण गरिएपछि विभूषणको औचित्यमाथि नै प्रश्न उठाउन थालिएको थियो।
जथाभावी वितरणका कारण राम्रो काम गरेवापत विभूषण पाउनले समेत लज्जित महसुस गर्नुपर्ने अवस्थाका कारण सरकारले यसपालि कार्यदल गठन गरेको छ । कार्यदललाई विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानका रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी आगामी तीन महिनाभित्र प्रतिवेदन पेश गर्न भनिएको छ।
मन्त्रिपरिषद्ले सिँचाइ नीति ÷ नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली स्वीकृत गरेको छ। यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डले आगामी ५ असोज देखि गर्न लागेको चीन भ्रमण पनि स्वीकृत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।