logo

राष्ट्र बैंकले २० अर्बको ट्रेजरी बिल बिक्रीमा राख्यो , ब्याजदर बढ्ने

    616   पटक पढिएको


१८ भदौ/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्रीमा राखेको छ । बोलकबोल प्रक्रियाबाट ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंकले सरकारलाई आन्तरिक ऋण उठाउन लागेको हो ।
नेपाल राष्ट्र बैंकले २८ दिनको ५ अर्ब रुपैयाँ, ९१ दिनको ६ अर्ब ४ करोड रुपैयाँ, १८२ दिनको ७ अर्ब रुपैयाँ र ३६४ दिनको २ अर्ब रुपैयाँ गरी कुल २० अर्ब ४ करोड रुपैयाँको ट्रेजरी बिल खरिदका लागि प्रस्ताव पेस गर्न इच्छुक संस्थालाई आग्रह गरेको हो ।

सरकारलाई छोटो अवधिका लागि आन्तरिक ऋण उठाउन राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री जारी गर्ने गरेको छ । राष्ट्र बैंकले कम ब्याजदर कबोल गर्ने संस्थालाई ट्रेजरी बिल बिक्री गर्छ । बजारमा तरलता सहज भए पनि ट्रेजरी बिलको ब्याजदरमा गिरावट आएको छैन ।

अन्तर बैंक ब्याजदर ६.३५ प्रतिशतभन्दा माथि रहेकाले ट्रेजरी बिलको ब्याजदर ७ प्रतिशतभन्दा माथि पुग्ने सम्भावना छ । चालू आर्थिक वर्षमा राष्ट्र बैंकले ७ पटक ट्रेजरी बिल बिक्री गर्दै आन्तरिक ऋण उठाइसकेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षमा २८ दिनको ट्रेजरी बिलको औसत ब्याजदर ६.२१ प्रतिशत, ९१ दिनको ट्रेजरी बिलको औसत ब्याजदर ५.८२ प्रतिशत, १८२ दिनको ट्रेजरी बिलको औसत ब्याजदर ६.४९ प्रतिशत र ३६४ दिनको ट्रेजरी बिलको औसत ब्याजदर ६.४४ प्रतिशत छ ।

गत असारमा ९१ दिने ट्रेजरी बिलको औसत ब्याजदर ६.३५ प्रतिशत थियो । असारको तुलनामा सोमबार ब्याजदर केही घटे पनि साउनको तुलनामा भने ब्याजदर बढेको छ । राष्ट्र बैंकले भदौ ११ गते ९१ दिने ४ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल ४.७३ देखि ६.१४ प्रतिशत ब्याजदरमा बिक्री गरेको थियो ।
औसतमा ९१ दिनको ट्रेजरी बिलको ब्याजदर ५.८१ प्रतिशत परेको थियो । यस्तै, ३६४ दिनको ट्रेजरी बिल ६.१४ देखि ६.४७ प्रतिशत ब्याजदरमा बिक्री भएको थियो । औसतमा ६.४३ प्रतिशत ब्याजदर दिँदै राष्ट्र बैंकले २ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।
गत २ साउनमा ९१ दिनको ट्रेजरी बिल औसतमा ५.१८ प्रतिशत ब्याजदरमा बिक्री भएको थियो । राष्ट्र बैंकले साउन ९ गते ९१ दिनको ट्रेजरी बिल ५.७८ प्रतिशत ब्याजदरमा बिक्री गरेको थियो ।
२३ साउनमा ९१ दिनको ट्रेजरी बिल ६.१६ प्रतिशत ब्याजदरमा बिक्री भएको थियो । सोही दिन ३६४ दिनको ट्रेजरी बिल ६.३७ प्रतिशत ब्याजदरमा बिक्री गरिएको थियो । साउन ३० गते ९१ दिनको ट्रेजरी बिल ६.४४ प्रतिशत ब्याजदरमा बिक्री भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।