logo

नेपाल तयारी पोशाक उद्योग संघ र रोमानिया चेम्बर अफ कमर्सबीच व्यापार विस्तारको समझदारी

    920   पटक पढिएको


११ भदौ/अर्थ र व्यापार – नेपाल तयारी पोशाक उद्योग संघ र रोमानिया चेम्बर अफ कमर्सबीच व्यापार विस्तार एवं आपसी सहकार्य गर्न समझदारी भएको छ ।
नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिवेव पाण्डे र रोमानिया चेम्बर अफ कमर्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बीच सो समझदारी भएको हो ।

नेपाल तयारी पोशाक उद्योग संघले आइतबार काठमाडौमा आयोजना गरेको नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा कार्यकारिणी बस्तुगत तर्फबाट निर्वाचित व्यवसायीहरुको सम्मानमा आयोजित बधाई एवं शुभकामना कार्यक्रममा संघका अध्यक्ष पाण्डे र रोमानिया चेम्बर अफ कमर्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बीच सो समझदारीपत्रमा संयुक्त हस्ताक्षर भएको हो ।

यो समझदारीबाट नेपालमा उत्पादित तयारी पोशाक लगायत विभिन्न निर्यातजन्य बस्तुहरुको बजार विस्तार तथा आपसी व्यवसायीक सहकार्यमा थप सहयोग पुग्ने अपेक्षा गरिएको संघका अध्यक्ष पाण्डेले बताए । संघका तर्फबाट हालसम्म भएका विविध गतिविधीहरुबारे जानकारी गराउँदै उनले रोमानिया चेम्बर अफ कमर्ससँगको यो समझदारी एकदमै महत्वपूर्ण र फलदायी हुने दावी गरे ।

सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघका आफुले नेतृत्व सम्हालेदखि अहिलेसम्म धेरै काम गरेको दावी गर्दै अब धमाधम कामको परिणाम आउने बताए । महासंघलाई अहिलेको यो अवस्थामा ल्याउन नेपाल तयारी पोशाक उद्योग संघ लगायत सबै संघहरु तथा यस्तो बस्तुगत संघहरुले आफुलाई धेरै सहयोग गरेको भन्दै उनले आगामी दिनमा पनि आम व्यवसायीको यस्तै साथ र सहयोग पाउने अपेक्षा गरेको बताए । उनले आफु महासंघको नेतृत्वमा बसेर काम गर्दा खुट्टा नकमाई निजि क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने प्रतिवद्धता समेत जनाए ।

काठमाडौ क्षेत्र नं. ७ का प्रतिनिधी सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले देसको निर्यात प्रर्वद्धनकालागि आफुले संसदमा सक्दो काम गरेर देखाउने बाचा गरे । यसैगरी, उनले सरकारले अनलाईन व्यापार गर्नेलाई जेल हाल्ने कानून बनाएर व्यवसायीलाई निरुत्साहित गरेकाले अब आफुले संसद् स्वदेशी उद्योगीको पक्षमा चर्को आवाज उठाउने आश्वासन दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जनकुमार श्रेष्ठले पनि तयारी पोशाक उद्योगको प्रवद्र्धनकालदागि महासंघले थप राम्रा काम गर्दै अघिबढ्ने प्रतिवद्धता व्यक्त गरे ।
महासंघका अध्यक्ष ढकाल लगायत बस्तुगत कार्यकारिणी सदस्यहरुलाई सम्मान गरिएको सो कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।