logo

नेपाल तयारी पोशाक उद्योग संघ र रोमानिया चेम्बर अफ कमर्सबीच व्यापार विस्तारको समझदारी

    670   पटक पढिएको


११ भदौ/अर्थ र व्यापार – नेपाल तयारी पोशाक उद्योग संघ र रोमानिया चेम्बर अफ कमर्सबीच व्यापार विस्तार एवं आपसी सहकार्य गर्न समझदारी भएको छ ।
नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिवेव पाण्डे र रोमानिया चेम्बर अफ कमर्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बीच सो समझदारी भएको हो ।

नेपाल तयारी पोशाक उद्योग संघले आइतबार काठमाडौमा आयोजना गरेको नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा कार्यकारिणी बस्तुगत तर्फबाट निर्वाचित व्यवसायीहरुको सम्मानमा आयोजित बधाई एवं शुभकामना कार्यक्रममा संघका अध्यक्ष पाण्डे र रोमानिया चेम्बर अफ कमर्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बीच सो समझदारीपत्रमा संयुक्त हस्ताक्षर भएको हो ।

यो समझदारीबाट नेपालमा उत्पादित तयारी पोशाक लगायत विभिन्न निर्यातजन्य बस्तुहरुको बजार विस्तार तथा आपसी व्यवसायीक सहकार्यमा थप सहयोग पुग्ने अपेक्षा गरिएको संघका अध्यक्ष पाण्डेले बताए । संघका तर्फबाट हालसम्म भएका विविध गतिविधीहरुबारे जानकारी गराउँदै उनले रोमानिया चेम्बर अफ कमर्ससँगको यो समझदारी एकदमै महत्वपूर्ण र फलदायी हुने दावी गरे ।

सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघका आफुले नेतृत्व सम्हालेदखि अहिलेसम्म धेरै काम गरेको दावी गर्दै अब धमाधम कामको परिणाम आउने बताए । महासंघलाई अहिलेको यो अवस्थामा ल्याउन नेपाल तयारी पोशाक उद्योग संघ लगायत सबै संघहरु तथा यस्तो बस्तुगत संघहरुले आफुलाई धेरै सहयोग गरेको भन्दै उनले आगामी दिनमा पनि आम व्यवसायीको यस्तै साथ र सहयोग पाउने अपेक्षा गरेको बताए । उनले आफु महासंघको नेतृत्वमा बसेर काम गर्दा खुट्टा नकमाई निजि क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने प्रतिवद्धता समेत जनाए ।

काठमाडौ क्षेत्र नं. ७ का प्रतिनिधी सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले देसको निर्यात प्रर्वद्धनकालागि आफुले संसदमा सक्दो काम गरेर देखाउने बाचा गरे । यसैगरी, उनले सरकारले अनलाईन व्यापार गर्नेलाई जेल हाल्ने कानून बनाएर व्यवसायीलाई निरुत्साहित गरेकाले अब आफुले संसद् स्वदेशी उद्योगीको पक्षमा चर्को आवाज उठाउने आश्वासन दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जनकुमार श्रेष्ठले पनि तयारी पोशाक उद्योगको प्रवद्र्धनकालदागि महासंघले थप राम्रा काम गर्दै अघिबढ्ने प्रतिवद्धता व्यक्त गरे ।
महासंघका अध्यक्ष ढकाल लगायत बस्तुगत कार्यकारिणी सदस्यहरुलाई सम्मान गरिएको सो कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।