logo

भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएसँगै प्याजको मूल्यमा भारी वृद्धि

    995   पटक पढिएको


४ भदौ/अर्थ र व्यापार – शनिबार भारतको वित्त मन्त्रालयले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाएसँगै नेपाली बजारमा प्याजको मूल्य वृद्धि भएको छ ।
प्याजका लागि भारतमाथि नै निर्भर रहेको नेपालमा भारतको निर्णयको प्रभाव देखिएको हो । नेपालमा आइतबारको तुलनामा सोमबार प्याजको मूल्यमा करिब २८ प्रतिशतले वृद्धि भएको छ ।
भारतको केन्द्र सरकारले विगतमा नरहेको प्याजको निर्यातमा कर लगाउने व्यवस्था गरेको थियो । प्याजको निर्यातलाई निरुत्साहित गर्दै भारतमा भइरहेको मूल्य वृद्धिलाई नियन्त्रणमा लिनका लागि त्यहाँको सरकारले ४० प्रतिशत कर लगाउने निर्णय गरेको थियो ।
गत शनिबार भारतले गरेको सो निर्णयपछि पनि आइतबार नेपालमा प्याजको मूल्य स्थिर नै थियो । शनिबार प्रतिकेजी ६१ रुपैयाँ रहेको सुकेको भारतीय प्याज आइतबार पनि सोही मूल्यमा बिक्री भएको थियो ।
सोमबार भने सुकेको भारतीय प्याजको मूल्यमा २७.८७ प्रतिशतले वृद्धि भएको छ । सोमबार कालिमाटी तरकारी बजारमा प्याजको मूल्य ७८ रुपैयाँ प्रतिकेजी रहेको छ ।
यसैगरी, हरियो प्याजको मूल्यमा ४१.४६ प्रतिशतको वृद्धि देखिएको छ । भारतले निर्यातमा कर लगाउनुअघि गत शनिबारको तुलनामा आइतबार हरियो प्याजको मूल्य घटेको थियो ।
१४० रुपैयाँ प्रतिकेजी शनिबार बिक्री भएको सो प्याज आइतबार १३६ रुपैयाँ प्रतिकेजी मूल्यमा थियो । सोमबार भने हरियो प्याजमा उच्च वृद्धि देखिएको छ । हरियो प्याज प्रतिकेजीमा आइतबार रहेको १३६.६७ रुपैयाँबाट वृद्धि भएर १९३.३३ प्रतिशत पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।