logo

इन्धनको भाउ बढेसँगै सार्वजनिक सवारीको भाडादर ७ प्रतिशतसम्मले बढ्यो

    844   पटक पढिएको


३१ साउन/अर्थ र व्यापार – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएसँगै सार्वजनिक सवारी साधनको भाडादर ७ प्रतिशतसम्मले बढेको छ ।
मंगलबार राती १२ बजेदेखि नै लागुहुनेगरि निगम सञ्चालक समिति बैठकले डिजल र मट्टीतेलमा प्रतिलिटर १४ रुपैयाँ र पेट्रोल प्रतिलिटर ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको थियो ।
समायोजन गरिएको नयाँ मुल्य अनुसार अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ ५ पैसा कायम भएको छ ।

निगमले इन्धनको भाउ बढाएपछि अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर ७ प्रतिशतसम्मले बढेको छ । यातायात व्यवस्था विभागले इन्धनको मूल्यको आधारमा स्वचालित रुपमा भाडादर समायोजन गरेको हो ।
विभागले अन्तर प्रदेशमा संचालन हुने यात्रुवाहक सवारीको भाडादर ४.७० प्रतिशत बढाएको छ । यसैगरी, विभागले पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको हकमा ६.१५ प्रतिशत भाडादर बढाएको छ ।

यसैगरी, तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको हकमा ६.८३ प्रतिशतसम्म भाडा दर बढाइएको विभागले जनाएको छ । सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था छ ।
सोही व्यवस्था अनुसार विभागले भाडादर बढाएको हो । यो बढाइएको भाडादर अन्तर प्रदेश रुटमा मात्र लागु हुनेछ। प्रदेशहरुको हकमा भने प्रदेश सरकार आफृले भाडादर तोक्न पाउने छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।