logo

तीन व्यवसायिक संस्थाका अध्यक्षहरु बोलाएर प्रधानमन्त्रीले छलफल थाले

    665   पटक पढिएको


२९ साउन/अर्थ र व्यापार – प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले निजी क्षेत्रका विभिन्न तीन वटा छाता संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघका अध्यक्ष एवं प्रतिनिधिलाई बोलाएर छलफल गरिरहेका छन्।
सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भइरहेको छलफलमा नेउवा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल र उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल सहभागी छन् ।
यसअघि आइतबार अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि यि तीनवटै संस्थाका अध्यक्षसहित नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सँगै राखेर छलफल गरेका थिए ।
तीन वटा व्यवसायिक संस्थाले संयुक्त रुपमा आर्थिक मन्दीबाट उद्योगी व्यवसायीले भोगिरहेको संकट, चर्को ब्याज र व्यवसायिक असुरक्षाका बारेमा प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र समेत बुझाएका छन्।
अहिले अर्बौं रुपैयाँ लगानी गरिरहेका ठूला घराना पनि आर्थिक संकटबाट गुज्रिरहेका छन्। यस्तो प्रतिकूल अवस्थामा राज्यका निकायबाट भईरहेका केही कारबाहीको निशानामा उनीहरु नै परिरहेकाले अहिले यि व्यवसायी र सरकारबीच सुमधुर सम्बन्ध हुनु आवस्यक भएको सम्बन्धीत व्यवसायीहरुको भनाई छ ।
राज्यका निकायबाट धमाधम एकपछि अर्को गर्दै भईरहेका यि कारबाहीसँगै व्यवसायीहरु अहिलेको राज्य संयन्त्रप्रति निकै सशंकित छन्। व्यवसायीलाई परेको यस्तो संका चिर्नकैलागि पनि अहिले सरकार र व्यवसायीबीच राम्रो सम्बन्ध हुनुपर्नेमा उनीहरुको जोड छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।