logo

निर्माण व्यवसायीको आन्दोलनमा भारतीय व्यवसायीको समर्थन, आज सडक र सिंचाइ विभागमा तालाबन्दी

    877   पटक पढिएको


२८ साउन/अर्थ र व्यापार – पहिलो र दोस्रो चरणको आन्दोलनबाट पनि आफ्ना माग पुरा नभएको भन्दै तेस्रो चरणको निर्णायक आन्दोलनमा होमिएका नेपाली निर्माण व्यवसायीलाई भारतीय निर्माण व्यवसायीहरुले पनि पूर्ण रुपमा समर्थन गरेका छन्।
शनिबार बिल्डर्स एसोसिएसन अफ इन्डिया (बीएआई) ले नेपाल निर्माण व्यवसायी महासंघ लाई पत्रचार गर्दै नेपाली निर्माण व्यवसायीको आन्दोलनमा आफूहरुको पूर्ण सहयोग रहेको बताएको हो।
बीएआईले सो पत्रमा नेपाल सरकारले निर्माण व्यवसायीको भुक्तानी रकम र सिमेन्ट, स्टिल र बिटुमिनको मूल्यवृद्धिको मूल्य समायोजन लगायत अन्य समस्या समाधानको मागसहित गरिएको आन्दोलनमा बलियो सहयोग रहेको जनाएको छ।

यसको भारतमा २२० वटा शाखाहरु छन् भने १ लाख ५० हजार आयोजनाहरुमा काम गर्ने निर्माण व्यवसायीहरु यसमा सदस्य छन्। बीएआईले नेपाली निर्माण व्यवसायीहरुले भोग्नु परेको समस्याको समाधानका लागि सरकारलाई दबाब दिन र निर्माणको क्षेत्रमा देखिएका सबै ठाउँहरुको सुधारमा चासो राखेको बताएको छ।

निर्माण व्यवसायीहरु काम सम्पन्न भएका आयोजनाहरुको भुक्तानी लगायत अन्य ९ वटा मागहरु राखेर सरकारविरुद्ध आन्दोलन गरिरहेका छन्।
उनीहरुले पहिलो र दोस्रो चरणको आन्दोलनमा डोजरहरु सडकमा तेर्सायाएर प्रधानमन्त्री निवास र संसद् भवन अगाडि धर्ना दिएका थिए।
तर, यसरी आन्दोलन गर्दा पनि सरकारले वास्ता नगरेपछि उनीहरु आज (आइतबारबाट सडक विभाग र सिंचाइ विभागमा तालाबन्दी गर्दै आन्दोलनमा उत्रिएका हुन्।
व्यवसायीको यस आन्दोलनमा अहिलेसम्म स्वदेशी सबै निजी क्षेत्रका प्रतिनिधीमुलक संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग गरिसंघ, लगायत विभिन्न संघ संस्थाहरुले समर्थन गरी आफ्नो एक्यबद्धता जनाएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।