logo

सुनचाँदी व्यवसाय सञ्चालन सम्वन्धी मापदण्ड जारी गर्न व्यवसायीको माग

    798   पटक पढिएको


२५ साउन/अर्थ र व्यापार – सुनचाँदी ब्यवसायमा आवद्ध तीनवटा महासंघले यो ब्यवसाय सञ्चालनका लागि प्रष्ट मापदण्ड तयार गरी त्यसलाई लागु गर्न माग गरेका छन् । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाई यो क्षेत्रका समस्याको बारेमा जानकारी गराउँदै त्यसको समाधानको पहलकालागि आग्रहगर्न सिंहदरवार पुगेको व्यवसायीहरुको प्रतिनिधीमण्डलले यस्तो आग्रह गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघका आवद्ध ब्यवसायीले संयुक्तरुपमा यस्तो आग्रह गरेका हुन् । सोहीक्रममा प्रतिनिधीसभा सदस्य एवं संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रणेन्द्र बराइलीले ब्यवसायीहरुका तर्फवाट प्राप्त सुझाव ग्रहण गर्दै सुनचाँदी ब्यवसाय सञ्चभालनका लागि प्रष्ट मापदण्ड तयार गर्न आफूले पहल गर्ने प्रतिवद्धता जनाए ।
उनले सुनचाँदी ब्यवसायीका सदस्यलाई आफूले नजिकवाट नियालीरहेको उल्लेख गर्दै ती समस्याहरुको समाधानकालागि आफ्नो तर्फवाट सक्दो सहयोग गर्ने बताए ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बराइलीसँगको भेटकाक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले प्रष्ट निर्देशिकाको अभावमा ब्यवसायीले विभिन्न किसिमका समस्याहरु झेल्नु परेकोले निर्वाधरुपमा ब्यवसाय सञ्चालनकालागि निर्देशिका आवश्यक भएको बताए ।
जुनसुकै पेशा ब्यवसाय सञ्चालनकालागि पनि प्रष्ट नीति, नियम तथा निर्देशिका हुने गरेको तर, सुनचाँदी ब्यवसायको क्षेत्रमा यो नभएकोले बारम्बार ब्यवसायीहरुले अनावश्यक झमेला ब्यहोर्नुपरेको बताए ।
व्यवसायीका तर्फवाट सुनचाँदी क्षेत्रको वृद्धि र विकासकालागि आवश्यक पर्ने तत्कालिन, मध्यकालिन र दीर्घकालिन रुपमा योजनाहरु लिपिवद्ध रुपमा प्रश्तुत गरिएको थियो । ती योजनामा कच्चा सुनको आपूर्ति, विक्री वितरणको ब्यवस्थापन, सुन, चाँदी र हिरा जवाहरात जस्ता खानिजन्य वस्तुको उत्खनन्, सुन आयातमा लागु हुँदै आएको कोटा प्रणाली र त्यसको ब्यवस्थापन लगायतका बिषय समेटिएको थियो ।
सो भेटका क्रममा महासंघका तर्फवाट बिशिष्ट सदस्य मणिरत्न शाक्य, उपाध्यक्ष दियेशरत्न शाक्य, महेन्द्ररत्न शाक्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, सह कोषाध्यक्ष पद्मशुन्दर शाक्य, पदाधिकारी समिति सदस्य रविन शाक्य, हस्तकला महासंघका बरिष्ठ उपाध्यक्ष सनम शाक्य लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।