logo

सुनचाँदी व्यवसाय सञ्चालन सम्वन्धी मापदण्ड जारी गर्न व्यवसायीको माग

    489   पटक पढिएको


२५ साउन/अर्थ र व्यापार – सुनचाँदी ब्यवसायमा आवद्ध तीनवटा महासंघले यो ब्यवसाय सञ्चालनका लागि प्रष्ट मापदण्ड तयार गरी त्यसलाई लागु गर्न माग गरेका छन् । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाई यो क्षेत्रका समस्याको बारेमा जानकारी गराउँदै त्यसको समाधानको पहलकालागि आग्रहगर्न सिंहदरवार पुगेको व्यवसायीहरुको प्रतिनिधीमण्डलले यस्तो आग्रह गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघका आवद्ध ब्यवसायीले संयुक्तरुपमा यस्तो आग्रह गरेका हुन् । सोहीक्रममा प्रतिनिधीसभा सदस्य एवं संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रणेन्द्र बराइलीले ब्यवसायीहरुका तर्फवाट प्राप्त सुझाव ग्रहण गर्दै सुनचाँदी ब्यवसाय सञ्चभालनका लागि प्रष्ट मापदण्ड तयार गर्न आफूले पहल गर्ने प्रतिवद्धता जनाए ।
उनले सुनचाँदी ब्यवसायीका सदस्यलाई आफूले नजिकवाट नियालीरहेको उल्लेख गर्दै ती समस्याहरुको समाधानकालागि आफ्नो तर्फवाट सक्दो सहयोग गर्ने बताए ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बराइलीसँगको भेटकाक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले प्रष्ट निर्देशिकाको अभावमा ब्यवसायीले विभिन्न किसिमका समस्याहरु झेल्नु परेकोले निर्वाधरुपमा ब्यवसाय सञ्चालनकालागि निर्देशिका आवश्यक भएको बताए ।
जुनसुकै पेशा ब्यवसाय सञ्चालनकालागि पनि प्रष्ट नीति, नियम तथा निर्देशिका हुने गरेको तर, सुनचाँदी ब्यवसायको क्षेत्रमा यो नभएकोले बारम्बार ब्यवसायीहरुले अनावश्यक झमेला ब्यहोर्नुपरेको बताए ।
व्यवसायीका तर्फवाट सुनचाँदी क्षेत्रको वृद्धि र विकासकालागि आवश्यक पर्ने तत्कालिन, मध्यकालिन र दीर्घकालिन रुपमा योजनाहरु लिपिवद्ध रुपमा प्रश्तुत गरिएको थियो । ती योजनामा कच्चा सुनको आपूर्ति, विक्री वितरणको ब्यवस्थापन, सुन, चाँदी र हिरा जवाहरात जस्ता खानिजन्य वस्तुको उत्खनन्, सुन आयातमा लागु हुँदै आएको कोटा प्रणाली र त्यसको ब्यवस्थापन लगायतका बिषय समेटिएको थियो ।
सो भेटका क्रममा महासंघका तर्फवाट बिशिष्ट सदस्य मणिरत्न शाक्य, उपाध्यक्ष दियेशरत्न शाक्य, महेन्द्ररत्न शाक्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, सह कोषाध्यक्ष पद्मशुन्दर शाक्य, पदाधिकारी समिति सदस्य रविन शाक्य, हस्तकला महासंघका बरिष्ठ उपाध्यक्ष सनम शाक्य लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।