logo

महासंघद्वारा आन्दोलनका थप कार्यक्रम सार्वजनिक, थानकोट र साँगामा चक्काजामदेखि निर्माणको काम रोक्ने चेतावनी

    553   पटक पढिएको


२२ साउन/ अर्थ र व्यापार – यसअघिका आफ्ना मागहरू सरकारले अहिलेसम्म सम्बोधन नगरेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ ।
महासंघ सचिवालयमा पत्रकार सम्मेलन गर्दै महासंघले आफ्ना दोस्रो तथा तेस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । थानकोट र साँगामा चक्काजामदेखि निर्माणको काम रोक्ने घोषणा सहित आफ्ना दोस्रो चरणको कार्यक्रम अन्र्तगत महासंघले (आज) सोमबारदेखि आगामी २६ साउनसम्मको कार्यक्रम सार्वजनिक गरेको छ ।
जस अन्र्तगत सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालो पट्टी सहित हरेक दिन बिहान ९ बजेबाट महासंघ देखि संसद भवनसम्म सिठ्ठी जुलुस गरी संसद भवन अगाडि कोण सभा गर्ने र संसद् भवनदेखि माइतीघर मण्डला, बबरमहलहुँदै हनुमानस्थानमा सिठ्ठीजुलुश सहित धर्ना दिइने महासंघले जनाएको छ ।
यसैगरी, तेस्रो चरणको आन्दोलनका कार्यक्रम अन्र्तगत आगामी २८ साउनदेखि अत्यावश्यक बाहेकका सबै निर्माणकार्यहरू अनिश्चितकालकालागि बन्द गर्ने महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए । यसैगरी, विकासे विभागहरूमा पालैपालो बिहान १० देखि ११ बजेसम्म धर्ना दिने तथा तालाबन्दी गर्ने कार्यक्रम महासंघले सार्वजनिक गरेको छ । तेस्रो चरणकै कार्यक्रम अन्र्तगत महासंघले निर्माण विज्ञहरूबीच प्रत्यक्ष सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गर्ने बताएको छ ।
यति गर्दापनि आफ्ना मागहरू पूरा नभए थानकोट तथा भक्तपुरको साँगा नाकामा आलोपालो गरी दैनिक एक घण्टा सडकमा चक्काजाम गरी नाकाबन्द गर्ने कार्यक्रम महासंघले सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योग चलायमान भएमात्र समग्र देसको अर्थतन्त्र चलायमान हुने बताए । बजेट अभावका कारण निर्माण व्यवसायीलाई सरकारले तत्काल भुक्तानी दिन नसक्ने भनी अर्थमन्त्रीले हालै दिएको अभिव्यक्तिले पनि महासंघको जारी आन्दोलनको औचित्यपुष्टि गरेको अध्यक्ष सिंहले बताए ।
‘सरकारले ऋण खोजेर भएपनि व्यवसायीको रकम भुक्तान गर्नुपर्ने महासंघको स्पष्ट धारणा रहेको छ ’अध्यक्ष सिंहले पत्रकार सम्मेलनमा भने । उनले निर्माण व्यवसायीहरूले सम्पन्न गरिसकेको कामको भुक्तानी कुनै पनि बहानामा रोक्न नमिल्ने बताए ।
महासंघका सल्लाहकार तथा पूर्व अध्यक्ष यक्षध्वज कार्कीले निर्माण उद्योगमा धेरै समस्या रहेको भन्दै उपभोक्ता समिति मार्फत निर्माणका कामगरिनु गलत भएको टिप्पणी गरे । महासंघका बरिष्ठ उपाध्यक्ष आङदोर्जी लामा (एडी) ले बहुसंख्यक निर्माण व्यवसायीले गलत काम गरेका छैनन् भन्ने प्रमाणित गर्नकालागि आफूहरू जनता माझ जान तयार रहेको जानकारी दिए ।
महासंघका महासचिव रोशन दाहालले सबै निर्माणकार्यको भुक्तानी हुनुपर्ने, नेपाल सरकारबाट जारी म्याद थपको आदेशमा संशोधन गरी सम्पूर्ण आयोजनाहरुको एकमुष्ट रुपले म्याद थप गर्न पुनःआदेश जारी गर्नुपर्र्नेे लगायतका माग सहित महासंघ आन्दोलनरत रहेको बताए । अत्याधिक र अप्रत्याशित रुपले भएको मूल्यवृद्धिलाई सम्बोधन हुने गरी मूल्य समायोजन गरिनुपर्ने, रुग्ण आयोजनाहरु अन्यौलग्रस्त र बजेट नभई काम हुन नसक्ने एवं काबु बाहिरका निर्माणकार्य सुविस्ताको आधारमा अन्त्य गर्नुपर्ने, सरकारबाट भुक्तानी नभएसम्मकालागि चेक बाउन्स र बैक ग्यारेण्टी जफत गर्ने लगायतका कार्वाही रोकिनुपर्ने माग पनि महासंघले अघि सारेको छ ।
यसैगरी, बीमाको प्रिमियम दरमाभएको वृद्धिलाई खारेज गरिनुपर्ने, नियोक्ताले श्रोतमा कट्टा गरेको अग्रीम आयकर र भ्याटको रकम समयमा राजस्व खातामा दाखिला गरिनुपर्ने, निर्माण उद्योगसँग सम्बन्धित ऐन, नियम संशोधन गरिनुपर्ने लगायतका माग पनि महासंघको छ । पहिलो चरणको आन्दोलन अन्र्तगत महासंघले गत साता सार्वजनिक खरिद अनुमगन कार्यालय सहित प्रधानमन्त्री निवास बालुवाटार र नयाँबानेश्वरस्थित संसद भवन अगाडि धर्ना दिएको थियो ।
महासंघको सो आन्दोलनमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल मध्यस्थता परिषद, नेपाल हेभिइक्प्मेन्ट महासंघ, नेपाल उद्योग परिसंघ लगायतका संघ संस्थाले ऐक्यवद्धता जनाएका छन् । महासंघका प्रवक्ता समेत रहेका नीतिगत उपमहासचिव शिवहरि घिमिरेले अघिल्लो साताको धर्ना कार्यक्रममा सहभागी भई नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायतका राजनीतिक दलका नेताहरूले ऐक्यवद्धता जनाएको जानकरी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।