logo

राष्ट्र बैंकले जारी गर्यो यस्तो सर्कुलर,कम्पनी तथा स्वीकृत परियोजनाले लिने रियल इस्टेट ऋणको जोखिम भार १०० % कायम

    776   पटक पढिएको


१२ साउन/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले जग्गा प्राप्ति र विकास गर्न कर्जा लिने कम्पनी तथा परियोजनाले लिने रियल इस्टेट ऋणको जोखिम भार १०० प्रतिशत कायम गरेको छ ।
मौद्रिक नीतिमा गरिएको व्यवस्थालाई कार्यान्वयन गर्न शुक्रबार राष्ट्र बैंकले जारी गरेको सर्कुलर अनुसार नेपाल सरकारको अनुमति पाएका संस्था, परियोजनाका साथै जग्गा प्राप्ति र विकास प्रयोजनका लागि लिइने रियल इस्टेट कर्जाको जोखिम भार १०० प्रतिशत कायम गरेको छ ।

यसैगरि,पहिलो पटक घर खरिद वा निर्माण गर्ने व्यक्ति (फर्स्ट होम बायर) लाई विभिन्न सर्तहरुको अधिनमा रहेर २ करोड रुपैयाँसम्म आवासीय घर कर्जामा लोन टु भ्यालु रेसियो बढीमा ७० प्रतिशतसम्म कायम गर्ने व्यवस्था गरेको छ। यसअघि यो ऋणको सिमा डेढ करोड रुपैयाँसम्म थियो । उदाहरणका लागि, अहिले एक सय रुपैयाँ ऋण दिनु पर्दा बैंकका सेयरधनीको पुँजीबाट १५ रुपैयाँ प्रयोग हुन्छ ।
राष्ट्र बैंकले जोखिम भार १०० मा झारेपछि सेयरधनीको पैसा १० रुपैयाँ मात्र प्रयोग गरे हुन्छ । सेयर पुँजी बैंकहरुसँग सीमित हुन्छ । पहिले बढी पुँजी प्रयोग गर्नुपर्दा उनीहरु घरकर्जामा त्यति प्रोत्साहित थिएनन्।
अब अन्य ऋणमा जस्तै जोखिम एकदमै कम भएको घरकर्जामा पनि थोरै पुँजी प्रयोग हुने हुँदा बैंकहरु लगानीका लागि प्रोत्साहित हुन्छन्।

बैंकहरु जोखिम कम भएको क्षेत्रमा प्रोत्साहित हुँदा माग (खरिदकर्ता) पक्ष पनि प्रोत्साहित हुनुपर्छ। खरिदकर्तालाई प्रोत्साहित गर्न बैंकले ऋणको ब्याज कम गर्नुका साथै सेवा शुल्क लगायतमा छुट दिन्छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।