logo

राष्ट्र बैंकले जारी गर्यो यस्तो सर्कुलर,कम्पनी तथा स्वीकृत परियोजनाले लिने रियल इस्टेट ऋणको जोखिम भार १०० % कायम

    626   पटक पढिएको


१२ साउन/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले जग्गा प्राप्ति र विकास गर्न कर्जा लिने कम्पनी तथा परियोजनाले लिने रियल इस्टेट ऋणको जोखिम भार १०० प्रतिशत कायम गरेको छ ।
मौद्रिक नीतिमा गरिएको व्यवस्थालाई कार्यान्वयन गर्न शुक्रबार राष्ट्र बैंकले जारी गरेको सर्कुलर अनुसार नेपाल सरकारको अनुमति पाएका संस्था, परियोजनाका साथै जग्गा प्राप्ति र विकास प्रयोजनका लागि लिइने रियल इस्टेट कर्जाको जोखिम भार १०० प्रतिशत कायम गरेको छ ।

यसैगरि,पहिलो पटक घर खरिद वा निर्माण गर्ने व्यक्ति (फर्स्ट होम बायर) लाई विभिन्न सर्तहरुको अधिनमा रहेर २ करोड रुपैयाँसम्म आवासीय घर कर्जामा लोन टु भ्यालु रेसियो बढीमा ७० प्रतिशतसम्म कायम गर्ने व्यवस्था गरेको छ। यसअघि यो ऋणको सिमा डेढ करोड रुपैयाँसम्म थियो । उदाहरणका लागि, अहिले एक सय रुपैयाँ ऋण दिनु पर्दा बैंकका सेयरधनीको पुँजीबाट १५ रुपैयाँ प्रयोग हुन्छ ।
राष्ट्र बैंकले जोखिम भार १०० मा झारेपछि सेयरधनीको पैसा १० रुपैयाँ मात्र प्रयोग गरे हुन्छ । सेयर पुँजी बैंकहरुसँग सीमित हुन्छ । पहिले बढी पुँजी प्रयोग गर्नुपर्दा उनीहरु घरकर्जामा त्यति प्रोत्साहित थिएनन्।
अब अन्य ऋणमा जस्तै जोखिम एकदमै कम भएको घरकर्जामा पनि थोरै पुँजी प्रयोग हुने हुँदा बैंकहरु लगानीका लागि प्रोत्साहित हुन्छन्।

बैंकहरु जोखिम कम भएको क्षेत्रमा प्रोत्साहित हुँदा माग (खरिदकर्ता) पक्ष पनि प्रोत्साहित हुनुपर्छ। खरिदकर्तालाई प्रोत्साहित गर्न बैंकले ऋणको ब्याज कम गर्नुका साथै सेवा शुल्क लगायतमा छुट दिन्छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।