logo

देसको अर्थतन्त्रमा सुधारको संकेत,नयाँ आवको पहिलो १० दिनमै सरकारी खर्चभन्दा आम्दानी झन्डै २ अर्ब बढी

    697   पटक पढिएको


११ साउन/अर्थ र व्यापार – विगतका वर्षहरुको तुलनामा अहिले देसको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ । चालु नयाँ आर्थिक वर्ष २०८०/८१ प्रारम्भको पहिलो १० दिनमा नै सरकारको खर्चभन्दा आम्दानी झन्डै २ अर्ब रुपैयाँले बढी देखिएको छ ।
१० साउनसम्म सरकारले राजस्व र अन्य आम्दानीबाट १४ अर्ब ५५ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको छ । यो अवधिमा खर्च भने १२ अर्ब ६४ करोड ६४ लाख रुपैयाँ भइसकेको छ । चालु आर्थिक वर्षको सुरुवाती साउन महिनाको यस अवधिमा राजस्वबाट सरकारले १० अर्ब ९६ करोड रुपैयाँ आम्दानी गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
अन्य आम्दानी ३ अर्ब ५८ करोड रुपैयाँ भएको देखिन्छ । यसैगरि, खर्चतर्फ १० दिनमा चालु प्रकृतिको खर्च ५३ करोड ६४ लाख रुपैयाँ भएको छ भने पूँजीगत खर्च अझै सुरु भइसकेको छैन ।
वित्तीय व्यवस्थामा भने सुरुवातमै १२ अर्ब ११ करोड रुपैयाँ खर्च भइसकेको छ । यो कुल लक्ष्यको ३.६६ प्रतिशत खर्च हो । चालु आवमा सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।
अर्थ मन्त्रालयले यस वर्ष बजेट कार्यान्वयनको नमुना वर्ष बनाउने भन्दै अहिले सबै मन्त्रालयहरुलाई तोकिएको समय सीमाभित्र बजेट खर्च गर्न निर्देशन दिइसकेको अवस्था छ ।
अर्थ मन्त्रालयले बुधबार मात्र देसभरका सबै मन्त्रालयका सचिवहरुलाई आर्थमन्त्रालयमा बोलाएर यस्तो निर्देशन दिएको हो । आगामी कात्तिक मसान्तभित्र ठेक्का प्रक्रिया सम्पन्न गरी त्यसको १५ दिन भित्र काम सुरु गर्न अर्थ मन्त्रालयले सबै मन्त्रालयका सचिवहरुलाई कडा निर्देशन दिएको छ ।
जसकालागि अर्थ मन्त्री डा. प्रकाशशरण महतले काम सम्पन्न भएर भुक्तानीका लागि आएका बिल अर्थ मन्त्रालयबाट बढीमा १५ दिन भित्र पास गरी पठाइने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
यस पटक असारे खर्च हुन नदिने अर्थमन्त्री महतको प्रतिबद्धता छ । उनले यो आर्थिक वर्षलाई बजेट कार्यान्वयनको नमुना वर्ष बनाउने सरकारको लक्ष्य भएकाले सोही लक्ष्य अनुरुप काम गर्न सबै मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।