logo

पुँजी नबढाई कर्जा विस्तारको लक्ष्य पूरा हुँदैन: बैंकर्स संघ

    507   पटक पढिएको


९ साउन/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि मौद्रिक नीति मार्फत लिएको कर्जा विस्तार लक्ष्य पूरा गर्न बैंकहरू असमर्थ हुने बैंकरहरूले संकेत गरेका छन्।
वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन नेपाल (एनबिए) ले पत्रकार सम्मेलन गर्दै कर्जा विस्तार लक्ष्य पूरा गर्न चुनौती रहेको बताएको हो।

‘विगतका तथ्यांक हेर्दा कर्जा वृद्धिमा राखिएको लक्ष्य पूरा भएका छैनन्, अहिले ५ सय ६५ अर्बको लक्ष्य राखिएको छ,’ संघका अध्यक्ष एवं एनबिएका प्रमुख कार्यकारी अधिकृत समेत रहेका सुनिल केसीले भने, ‘यो आफैंमा च्यालेन्जिङ ग्रोथको टार्गेट राखिएको छ। राष्ट्र बैंकले राखेको कर्जा लक्ष्य उत्पादनमूलक क्षेत्रमा विस्तार गर्ने गरी सकुर्लर ल्याउन सक्छ।’

यसअघि १२.५ प्रतिशत कर्जा वृद्धिको लक्ष्य राखिएकोमा ३ प्रतिशतमात्रै लक्ष्य हासिल भएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि ५ खर्ब ६४ अर्ब अर्थात करिब ११ प्रतिशत कर्जा वृद्धि लक्ष्य राखेको छ । तर, सो लक्ष्य पूरा गर्ने गरी बैंकहरूसँग पर्याप्त पुँजी नभएको उनको भनाइ छ।
‘कतिपय बैंकहरूमा पुँजीको चाप भइरहँदा मौद्रिक नीतिले बोलेको छैन,’ उनले भने, ’कर्जा वृद्धि लक्ष्य पूरा गर्नकै लागि पनि पुँजीमा सहजता आवश्यक छ। राष्ट्र बैंकले सर्कुलर वा अन्य कुनै माध्यममार्फत सम्बोधन गर्छ भन्ने अपेक्षा गरेका छौं।’

राष्ट्र बैंकले सेयर, सवारी र घर कर्जा धितो कर्जामा दिएको सहुलियतले अन्य क्षेत्र चलायमान हुँदा बैंकहरूको समेत व्यवसाय बढ्ने उनको अनुमान छ । साथै, मौद्रिक नीतिको बैंकिङ कसुर ऐन संसोधन गर्ने घोषणाले बैंकरहरूको आत्मविश्वास बढेको उनले बताए । समग्रमा राष्ट्र बैंकले सन्तुलित मौद्रिक नीति ल्याएको संघको धारणा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।