logo

वैदेशिक व्यापार साढे ३ खर्बले घट्यो, आयात–निर्यात दुवै घट्यो

    676   पटक पढिएको


९ साउन/अर्थ र व्यापार – नेपालको वैदेशिक व्यापार साढे ३ खर्ब रुपैयाँले घटेको छ । गत आर्थिक वर्ष (आव) २०७९/८० मा १७ खर्ब ६८ अर्ब ८७ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ ।
यो अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा ३ खर्ब ५१ अर्ब ६० करोड रुपैयाँ कम हो । भन्सार विभागका अनुसार यस आवमा वैदेशिक व्यापारको आधार १६.५८ प्रतिशतले कम भएको छ । आर्थिक वर्ष २०७८.७९ मा वैदेशिक व्यापारको आकार २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँ पुगेको थियो ।
असार मसान्तसम्म १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँको आयात हुँदा १ खर्ब ५७ अर्ब रुपैयाँको मात्र निर्यात भयो । यस वर्ष आयात १६.०८ प्रतिशत र निर्यातमा २१.४४ प्रतिशतको गिरावट आयो । वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.१२ प्रतिशत हुँदा निर्यातको हिस्सा मात्र ८.८८ प्रतिशत छ । यसले वैदेशिक व्यापारमा निर्यातको हिस्सा झन कमजोर बनिरहेको देखाएको छ ।

सरकारले गत आवको सुरुवाती समयबाटै आयात निरुत्साहित गर्ने नीति लियो । जसमा महँगो सवारी साधनहरु आयातमा प्रतिवन्ध लागेको थियो । जसको परिणाम स्वरुप आयात संकुचन भयो । सरकारले अघिल्लो वर्ष मंसिर मसान्तसम्म कायम आयात प्रतिवन्ध १ पुस २०७९ बाट लागु हुने गरी हटाएको थियो ।
एलसी खोल्दा चाहिने नगद मार्जिनको प्रावधान ५ माघ २०७९ बाट हटाइएको थियो । सरकारले आयात प्रतिवन्धका कारण राजस्व खुम्चिएको भन्दै यी प्रतिवन्ध हटाएको थियो । यी प्रतिवन्धका कारण कमी आएको आयात माघपछि भने विस्तार हुन थालेको थियो । तर, आन्तरिक मागमा आएको संकुचनले अपेक्षित आयात बढ्न सकेन ।
फलस्वरुप समग्र वैदेशिक व्यापारको आकार खुम्चिन पुगेको हो । निर्याततर्फ भने प्राकृतिक तेल निर्यातमा आएको संकुचनको असर यस वर्ष स्पष्टसँग देखियो । जसलाई व्यापार विज्ञहरुले गत वर्ष नै अस्थिर प्रकृतिको निर्यात भनेका थिए । यसलाई अघिल्लो आवको तथ्यांकले पुष्टि गरेको छ ।

भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्का यस वर्ष आन्तरिक अर्थतन्त्रमा आएको संकुचनको असर वैदेशिक व्यापारमा परेको विश्लेषण गर्छन् । मुलुकभित्र माग र उपभोग बढ्दा आयात बढ्ने बताउँदै उनले भने, ‘आवको सुरुवातमा हामीले महंगा वस्तुको आयात रोक्यौं, त्यसपछि खोल्दा माग नै भएन ।’
उनले अहिले पनि भन्सारमा आएर ४ हजार गाडी रोकिएको सन्दर्भमा मागमा आएको संकुचन रहेको बताए । यसले समग्रमा राजस्व र वैदेशिक व्यापार दुबैमा असर गरेको उनको भनाइ छ । उनले नेपालको व्यापार आयातमा अति निर्भर रहेको भन्दै आन्तरिक अर्थतन्त्र चलायमान हुँदा स्वतः वैदेशिक व्यापार बढ्ने बताए ।
भन्सार विभागका अनुसार आव २०७९/८० मा आयात ३ खर्बले ओरालो लागेको छ । यस आवमा १६ खर्ब ११ अर्ब ७३ करोडको वस्तु आयात भएको छ । यो आव २०७८/७९ को तुलनामा १६.०८ प्रतिशत कम हो । सो आवमा १९ खर्ब २० अर्ब ४४ करोड रुपैयाँको आयात भएको थियो ।

यसैगरि, आव २०७९/८० मा १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँको निर्यात भएको छ । यो अघिल्लो आवको तुलनामा २१.४४ प्रतिशत कम हो । सो आवमा २ खर्ब रुपैयाँको आयात भएको थियो । जुन ऐतिहासिक थियो । निर्यात व्यापार पटके भएको र यसमा नेपालले आफ्नो प्रतिस्पर्धी क्षमता पहिचान नै गर्न नसेकको भन्सार विभागको विश्लेषण छ ।
आयात ठूलो मात्रामा घट्दा व्यापार घाटामा भने उल्लेख्य सुधार देखिन्छ । व्यापार घाटा कम हुनुमा निर्यातले भने योगदान गर्न सकेन । यस आवमा १४ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँको व्यापार घाटा भएको छ । यो अघिल्लो आवको तुलनामा १५.४५ प्रतिशत कम हो । आव २०७८/७९ मा १७ खर्ब २० अर्ब रुपैयाँ व्यापार घाटा थियो ।

पेट्रोलियम पदार्थमा मात्र साढे ३ खर्ब बाहिरियो
यस वर्ष पेट्रोलियम पदार्थको आयातमा मात्र साढे ३ खर्ब रुपैयाँ विदेशिएको छ । ३ खर्ब ५२ अर्ब ७१ करोड रुपैयाँको पेट्रोलियम पदार्थ नेपालले आयात गरेको छ । गत आवको तुलनामा भने पेट्रोलियम पदार्थको आयातमा गिरावट आएको छ ।

गत आवमा पेट्रोलियम पदार्थको आयातमा ३ खर्ब ८३ अर्ब रुपैयाँ विदेशिएको थियो । विद्युतीय सामान र उपकरणको आयात १ खर्ब रुपैयाँ बराबरको भएको छ । विभिन्न मेसिन र त्यसको पार्टपूर्जा आयातमा समेत १ खर्ब विदेशिएको छ । ३१ अर्ब रुपैयाँ बराबरको तरकारीजन्य वस्तु आयात भएको छ । आइरन र स्टीलको आयातमा १ खर्ब ४० अर्ब रुपैयाँ विदेशिएको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।