logo

सुन प्रकरणमा जोडेपछि दीपक मल्होत्राको स्पष्टिकरण ‘यसमा मेरो कुनै संलग्नता छैन’

    616   पटक पढिएको

४ साउन/अर्थ र व्यापार – व्यवसायी दीपक मल्होत्राले बुधबार राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नभएको दाबी गरेका छन्।
बिहीबार उनीमाथि सुन प्रकरणमा जोडेर प्रश्न उठेपछि पत्रकार सम्मेलन गर्दै आफू, परिवार र आफ्नो व्यवसायी फर्मको कुनै पनि संलग्नता नभएको बताएका हुन् ।
उनले अनुसन्धानको क्रममा आफ्नो संलग्नता देखिए कानुन बमोजिम संजाय भोग्न तयार रहेको दावी गरे । ‘मैले गलत गरेको छैन। त्यसैले डराउन्न। सुनमा मेरो संलग्नता छैन। यस्तो किसिमको धन्दामा म कहिले पनि संलग्न थिइन’ मल्होत्राले भने । उनले आफु यस्तो काममा संलग्न नभएकाले नडराउने बताए ।

बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार कार्यालयको कार्गोबाट जाँच पास भएर बाहिरिएको मोटर पार्टस्भित्र सुन भेटिएको छ । भन्सार विभागले गरेको प्रारम्भिक अनुमान अनुसार बरामत गरिएको सुन एक अर्ब बराबरको भएको देखिएको छ ।
जसमा राजस्व अनुसन्धान विभागले ६ जनलाई पक्राउ गरेको छ । मलहोत्राले आफ्नो नाम जोडेर वास्तविक सुन प्रकरणमा संलग्नलाई जोगाउन घटना डाइभर्सन गरेको बताए ।
‘मेरो नाम ल्याएर वास्तविक अभियुक्तलाई उन्मुक्ति दिन यस्तो भएको जस्तो मलाई लाग्छ,’ मल्होत्राले भने।

उनी आइएमएस ग्रुपका अध्यक्ष समेत हुन्। तर, अहिलेसम्म सुन प्रकरणलाई लिएर आफूलाई कुनै पनि निकायबाट सम्पर्क नभएको बताए । बुधबार बरामद भएको सुनको एीकन परिमाण पत्ता लगाउन नेपाल राष्ट्र बैंकको टक्सार विभागमा लगिएको छ ।
राजश्व अनुसन्धान विभागले बुधबार सिनामंगलबाट बरामद गरेको सुन ट्याक्सीमा विमानस्थलबाट बाहिर ल्याएको पाइएको हो । विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारि गराए अनुसार बुधबार दिउँसो २ बजे भन्सार जाँच पास भएर बाहिरिएको सुन विभागले ट्याक्सीबाट बरामद गरेको हो ।

विभागले सुन ल्याइएको बा २ ज २३२४ नम्बरको ट्याक्सी र चालकलाई पनि नियन्त्रणमा लिएको छ । हङकङबाट काठमाडौं आएको क्याथे एयरलाइन्सको विमानमा कार्गोमार्फत सो सुन आएको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।