logo

निर्यातमा नगद अनुदान दिन उद्योग विभागले माग्यो मूल्य अभिवृद्धि प्रमाणीकरण

    705   पटक पढिएको


२ साउन/अर्थ र व्यापार– उद्योग विभागले निर्यातमा नगद अनुदान दिने भन्दै उद्योगी–व्यवसायीलाई प्रक्रिया सुरु गर्न अनुरोध गरेको छ ।
विभागले आइतबार सूचना जारी गरी निर्यातमा अनुदान प्राप्त गर्न आवश्यक मूल्य अभिवृद्धि प्रमाणीकरण गर्न भनेको आग्रह गरेको हो।

जसअनुसार उद्योगी तथा व्यवसायीले यहि १ साउनदेखि असोज मसान्तसम्म विभागले तोकेको विवरणसहित निवेदन पेस गर्नुपर्ने छ । विभागले उद्योगी व्यवसायी संग मूल्य अभिवृद्धिको स्वघोषणा, उद्योग दर्ताको प्रमाण, वस्तु निर्यात गरेको विवरण र निर्यात भएको वस्तुमा प्रयोग भएको कच्च पदार्थ खपतको विवरण पेस गर्न भनेको छ।

यसरी विरवण पठाउँदा कच्चा पदार्थ पैठारी गरेको वा स्वदेशमै खरिद गरेको विवरण पनि उद्योगले खुलाउनु पर्ने छ । यसैगरि, भन्सारको प्रज्ञापन पत्र, एक्जिम कोडको छाया प्रति, गत आर्थिक वर्षको लेखा परीक्षण रिपोर्ट, कर चुक्ता प्रमाणपत्र पनि विभागमा पेस गर्नुपर्छ।

सरकारले नेपालमा उत्पादित तथा नेपालमा कच्चा पदार्थ आयात गरेर ३० देखि ५० प्रतिशतभन्दा धेरै मूल्य अभिवृद्धि गर्ने ३३ प्रकारका वस्तु उत्पादकलाई निर्यातमा नगद अनुदान प्रदान गर्दै आएको छ।
अनुसूची १ मा समावेश भएका चिया, कफी, बेसार, छुर्पी जस्ता १५ प्रकारका वस्तुको निर्यातमा ५० प्रतिशत मूल्य अभिवृद्धि भए ५ प्रतिशत अनुदान पाइन्छ भने सिमेन्ट, क्लिङ्कल लगायतका वस्तुमा ३० प्रतिशत मूल्य अभिवृद्धि भए ४ प्रतिशत अनुदान पाइन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।