logo

निर्यातमा नगद अनुदान दिन उद्योग विभागले माग्यो मूल्य अभिवृद्धि प्रमाणीकरण

    541   पटक पढिएको


२ साउन/अर्थ र व्यापार– उद्योग विभागले निर्यातमा नगद अनुदान दिने भन्दै उद्योगी–व्यवसायीलाई प्रक्रिया सुरु गर्न अनुरोध गरेको छ ।
विभागले आइतबार सूचना जारी गरी निर्यातमा अनुदान प्राप्त गर्न आवश्यक मूल्य अभिवृद्धि प्रमाणीकरण गर्न भनेको आग्रह गरेको हो।

जसअनुसार उद्योगी तथा व्यवसायीले यहि १ साउनदेखि असोज मसान्तसम्म विभागले तोकेको विवरणसहित निवेदन पेस गर्नुपर्ने छ । विभागले उद्योगी व्यवसायी संग मूल्य अभिवृद्धिको स्वघोषणा, उद्योग दर्ताको प्रमाण, वस्तु निर्यात गरेको विवरण र निर्यात भएको वस्तुमा प्रयोग भएको कच्च पदार्थ खपतको विवरण पेस गर्न भनेको छ।

यसरी विरवण पठाउँदा कच्चा पदार्थ पैठारी गरेको वा स्वदेशमै खरिद गरेको विवरण पनि उद्योगले खुलाउनु पर्ने छ । यसैगरि, भन्सारको प्रज्ञापन पत्र, एक्जिम कोडको छाया प्रति, गत आर्थिक वर्षको लेखा परीक्षण रिपोर्ट, कर चुक्ता प्रमाणपत्र पनि विभागमा पेस गर्नुपर्छ।

सरकारले नेपालमा उत्पादित तथा नेपालमा कच्चा पदार्थ आयात गरेर ३० देखि ५० प्रतिशतभन्दा धेरै मूल्य अभिवृद्धि गर्ने ३३ प्रकारका वस्तु उत्पादकलाई निर्यातमा नगद अनुदान प्रदान गर्दै आएको छ।
अनुसूची १ मा समावेश भएका चिया, कफी, बेसार, छुर्पी जस्ता १५ प्रकारका वस्तुको निर्यातमा ५० प्रतिशत मूल्य अभिवृद्धि भए ५ प्रतिशत अनुदान पाइन्छ भने सिमेन्ट, क्लिङ्कल लगायतका वस्तुमा ३० प्रतिशत मूल्य अभिवृद्धि भए ४ प्रतिशत अनुदान पाइन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।