logo

राजस्वको लक्ष्य भेट्टाउन अर्थमन्त्रीको निर्देशन

    529   पटक पढिएको


२१ असार/अर्थ र व्यापार – अर्थमन्त्री डा. प्रकाशशरण महतले कुनै सम्झौता नगरिकन राजस्वको लक्ष्य भेटाउन आन्तरिक राजस्व विभागका कर्मचारीहरुलाई निर्देशन दिएका छन्।
अर्थमन्त्री महतले बुधबार विभाग अन्तर्गत देशभरका कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका हुन् । उनले व्यक्तिगत सुविधा लिने र त्यसबापत राज्यले पाउने करमा कुनै सम्झौता नगरिकन राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिए ।
‘कर्तव्यनिष्ठ भएर काम गर्नु होला। यो वर्ष र आगामी आर्थिक वर्षको राजस्व लक्ष्य पूरा गर्न सबै मिलेर कर्तव्यनिष्ठ भएर काम गर्नुपर्छ,’ अर्थमन्त्री महतले भने । ‘सेवाग्राही माझ सहज रुपमा प्रस्तुत हुन, व्यक्तिगत फाइदा नहेर्न, कर्तव्यबाट पन्छिने छुट हामी कसैलाई छैन, जिम्मेवारी जे छ त्यसैमा कर्तव्यनिष्ठ भएर काम गर्नु होला’उनले निर्देशन दिँदै भने । अर्थ मन्त्रालयको सबैभन्दा ठूलो काम भनेको स्रोत जुटाउने काम भएको भन्दै उनले राज्यको सम्पूर्ण आवश्यकतालाई सम्बोधन गर्ने स्रोत जुटाउने जिम्मेवारीमा आफूहरु रहेकाले सरकारको यस्तो लक्ष्य प्राप्तिमा लाग्न उनले आग्रह गरे ।

जसमा सबैभन्दा ठूलो हिस्सा राजस्वको हुने भएकाले अहिले राजस्वको हिस्साले नपुगिरहेको भन्दै उनले राजस्वको हिस्साको प्रतिशतलाई बढाउनुपर्ने आवश्यकता अनुरुप सबै कर्मचारीले काम गरेर देखाउनुपर्नेमा जोड दिए । तलब भत्ता, सामाजिक सुरक्षा र पुँजीगत खर्चको आवश्यकतालाई राजस्वले योगदान दिन सकोस् भन्ने चाहे पनि अहिले त्यो पूरा गर्न नसकिरहेको बताउँदै महतले भने, ‘राजस्वको दायरा बढाउँछौं भनेर मात्र बढ्दैन, देसको अर्थतन्त्रले गति लिनुपर्छ, त्यसका लागि सरकारले बजेट प्रस्ताव मार्फत पनि पुँजीगत खर्चलाई चलायमान बनाउने लक्ष्य राखेको छ । बुँदागत स्पष्ट प्रस्ताव राखिएको छ । भन्सार र आन्तरिक राजस्व उठाउनकालागि अब गम्भीर ध्यान दिनुपर्छ ।’
यसैगरि, उनले भन्सारमा आधारित राजस्वमा सधैं निर्भर हुन नसकिने भन्दै आन्तरिक ऋण र विदेशबाट प्राप्त हुने ऋण उत्पादनमुखी क्षेत्रमा लगानी हुनुपर्ने बताए । ‘यो सुरु भइसकेको पनि छ । आगामी दिनमा आन्तरिक राजस्वको धेरै ठूलो जिम्मेवारी छ। त्यसैले यसलाई कसरी विस्तार गर्ने भन्ने विषयमा चासो र चिन्ता छ । यसमा आन्तरिक राजस्व विभागको भूमिका महत्वपूर्ण हुन्छ’ अर्थमन्त्री महतले भने ।

विभाग मार्फत यसको दायरा वृद्धि गर्ने दुईवटा उपाय भएको जानकारि गराउँदै उनले ‘पहिलो उपाए अर्थतन्त्र चलायमान बनाउन सकियो भने स्वतः कर लिने आधार वृद्धि हुने र अर्को अहिलेकै अवस्थामा पनि जुन वर्ग समूह करको दायरामा आउनुपर्ने हो, उनीहरु आइरहेका छैनन्। उनीहरुलाई करको दायराभित्र ल्याएर कर संकलन वृद्धि गर्नुपर्नेमा जोड दिए ।
उनले धेरै नयाँ कर प्रस्ताव गरेको बताउँदै नेपालमा भ्याट लाग्न थालेपछि करको दायरा बढेको बताए। पछिल्लो समय भ्याटको दायरा खुम्चाउँदै लगिएकाले पनि समस्या ल्याएको धारणा राख्दै उनले कतिपय आय करको दायरामा आउनुपर्ने वर्ग समूह छ, त्यो आउन चाहँदैन। राज्य पनि जता मर्कायो, त्यतै मर्किने भयो। करको दायरामा ल्याउने संयन्त्र हामीले प्रयोग गरेका छैनौं। भ्याटलाई हामी गम्भीरतापूर्वक लिनुपर्छ। सेवाग्राहीले राज्यलाई तिर्ने रकम पनि दुरुपयोग हुनु गम्भीर विषय भएको बताए ।
‘सेवाग्राहीले राज्यलाई छुट्टयाएको रकम अरुले प्रयोग गर्नेगरी छुट दिन मिल्दैन। व्यवसायीले बिक्रीको क्रममा भ्याट उठाउँछन्, त्यो राजस्वमा बिनासर्त दाखिला गर्नुपर्छ। यसलाई आन्तरिक राजस्व विभागले गम्भीरताका साथ लिनुपर्छ’ महतले भने ।

उनले कर्मचारीलाई उच्च मनोबलकासाथ काम गर्न आग्रह गरे । उनले राजस्वका कर्मचारीहरुलाई सेवाग्राही माझ सहज रुपमा प्रस्तुत हुन, व्यक्तिगत फाइदा नहेर्न समेत आग्रह गरे । यसैगरि, उनले व्यक्तिगत सुविधा लिने र त्यसबापत राज्यले प्राप्त गर्ने करमा सम्झौता गर्ने काम नहोस् भन्दै सबैलाई सजग हुन समेत आग्रह गरे ।
अहिले राजस्वको हिस्साले देसको अर्थतन्त्र धान्न कठिन भएको सन्दर्भ निकाल्दै उनले राजस्वको हिस्साको प्रतिशतलाई बढाउनुपर्ने आवश्यकता औंल्याए । नेपाल सधैं भन्सारमा आधारित राजस्वमा निर्भर हुन नहुने भन्दै उनले आन्तरिक ऋण र विदेशबाट प्राप्त हुने ऋण उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुपर्ने बताए । यसको सुरुवात भइसकेको भन्दै उनले आगामी दिनमा आन्तरिक राजस्वको धेरै ठूलो जिम्मेवारी रहेको बताए ।
आन्तरिक राजस्व विभाग मार्फत् यसको दायरा वृद्धि गर्ने दुईवटा उपाय भएको दावी गर्दै उनले अर्थतन्त्र चलायमान बनाउन सकियो भने स्वतः कर लिने आधार वृद्धि हुने बताए ।
उनले भ्याटलाई गम्भीरतापूर्वक लिनुपर्ने बताउँदै सेवाग्राहीले राज्यलाई तिर्ने रकम दुरुपयोग हुनु गम्भीर विषय भएको बताए । सेवाग्राहीले राज्यलाई छुट्टयाएको रकम अरुले प्रयोग गर्ने गरी छुट दिन नमिल्ने उनको भनाई थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।