logo

आर्थिक स्थायित्वका लागि चेम्बर र परिसंघले सहकार्य गर्ने

    540   पटक पढिएको

२१ असार/अर्थ र व्यापार – आर्थिक स्थायित्वका लागि नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघबीच सहकार्य हुने भएको छ । आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत् आर्थिक स्थायित्व र विकासका लागि निजी क्षेत्रका दुई प्रतिनिधिमुलक संस्थाबीच सहकार्य हुन लागेको हो ।
नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारी एवं कार्यसमितिलाई बधाई एवं शुभकामना दिने क्रममा दुवै संस्थाका नेतृत्वले सहकार्य गरेर अघि बढ्ने समझदारी गरेका हुन्। परिसंघका पदाधिकारीलाई बधाई दिँदै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आगामी वर्षको बजेट र मौद्रिक नीतिको प्रभावकारी समव्यन मार्फत् आर्थिक स्थायित्व दिनका लागि निजी क्षेत्रका संस्थाहरुले सहकार्य गर्नुपर्नेमा जोड दिए।

चेम्बर अध्यक्ष मल्लले भने, ‘मुलुकको अर्थतन्त्रलाई उकास्न एवं निजी क्षेत्रको मागलाई सम्बोधन गर्न पनि हामीले सहकार्य गर्न जरुरी छ।’ उच्च ब्याजदरका कारण लगानीको वातावरण बन्न नसकेको भन्दै उनले पछिल्लो समय समग्र निजी क्षेत्रको मनोबल खस्किएको बताए।
यसैगरि, मल्लले मौद्रिक नीतिमार्फत् वित्तीय स्थायित्व कायम गर्न एवं ब्याजदर नियन्त्रणका लागि सरोकारवाला सरकारी निकायलाई एकै स्वरमा झक्झक्याउनुपर्नेमा जोड दिए ।

चेम्बर, परिसंघ र उद्योग वाणिज्य महासंघले आगामी वर्षको मौद्रिक नीतिका लागि बिहीबार संयुक्त सुझावसमेत पेस गर्दैछन्।
ब्याजदर नियन्त्रण गरेर वित्तीय क्षेत्रको सुधारका लागि आगामी वर्ष निरन्तर सहकार्य गर्ने विषयमा पनि चेम्बर र परिसंघबीच समझदारी बनेको छ।
परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनका लागि निजी क्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिए।

आर्थिक विकास र समृद्धि निजी क्षेत्रको चाहना भएको भन्दै अग्रवालले आफूहरुको मागलाई सम्बोधन गर्नका लागि सरकारसँग नियमित छलफल गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए। उनले उद्यारो कारोबारलाई निरुत्साहित गर्न अभियान चलाउने सम्बन्धमा पनि चेम्बर र परिसंघबीच सहकार्य गर्ने समझदारी बनेको जानकारि दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।