logo

आर्थिक स्थायित्वका लागि चेम्बर र परिसंघले सहकार्य गर्ने

    684   पटक पढिएको

२१ असार/अर्थ र व्यापार – आर्थिक स्थायित्वका लागि नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघबीच सहकार्य हुने भएको छ । आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत् आर्थिक स्थायित्व र विकासका लागि निजी क्षेत्रका दुई प्रतिनिधिमुलक संस्थाबीच सहकार्य हुन लागेको हो ।
नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारी एवं कार्यसमितिलाई बधाई एवं शुभकामना दिने क्रममा दुवै संस्थाका नेतृत्वले सहकार्य गरेर अघि बढ्ने समझदारी गरेका हुन्। परिसंघका पदाधिकारीलाई बधाई दिँदै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आगामी वर्षको बजेट र मौद्रिक नीतिको प्रभावकारी समव्यन मार्फत् आर्थिक स्थायित्व दिनका लागि निजी क्षेत्रका संस्थाहरुले सहकार्य गर्नुपर्नेमा जोड दिए।

चेम्बर अध्यक्ष मल्लले भने, ‘मुलुकको अर्थतन्त्रलाई उकास्न एवं निजी क्षेत्रको मागलाई सम्बोधन गर्न पनि हामीले सहकार्य गर्न जरुरी छ।’ उच्च ब्याजदरका कारण लगानीको वातावरण बन्न नसकेको भन्दै उनले पछिल्लो समय समग्र निजी क्षेत्रको मनोबल खस्किएको बताए।
यसैगरि, मल्लले मौद्रिक नीतिमार्फत् वित्तीय स्थायित्व कायम गर्न एवं ब्याजदर नियन्त्रणका लागि सरोकारवाला सरकारी निकायलाई एकै स्वरमा झक्झक्याउनुपर्नेमा जोड दिए ।

चेम्बर, परिसंघ र उद्योग वाणिज्य महासंघले आगामी वर्षको मौद्रिक नीतिका लागि बिहीबार संयुक्त सुझावसमेत पेस गर्दैछन्।
ब्याजदर नियन्त्रण गरेर वित्तीय क्षेत्रको सुधारका लागि आगामी वर्ष निरन्तर सहकार्य गर्ने विषयमा पनि चेम्बर र परिसंघबीच समझदारी बनेको छ।
परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनका लागि निजी क्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिए।

आर्थिक विकास र समृद्धि निजी क्षेत्रको चाहना भएको भन्दै अग्रवालले आफूहरुको मागलाई सम्बोधन गर्नका लागि सरकारसँग नियमित छलफल गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए। उनले उद्यारो कारोबारलाई निरुत्साहित गर्न अभियान चलाउने सम्बन्धमा पनि चेम्बर र परिसंघबीच सहकार्य गर्ने समझदारी बनेको जानकारि दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।