logo

स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि संशोधन हुने

    569   पटक पढिएको

१२ असार/अर्थ र व्यापार – स्टार्टअपमा आधारित व्यवसायलाई ऋण दिन सरकारले गत वर्ष मात्रै ल्याएको स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि–२०७९ संशोधन गर्ने भएको छ ।
स्टार्टअपहरुलाई कर्जा प्रवाह गर्न सरकारले २५ करोड रुपैयाँ विनियोजन गरेको छ। कार्यविधि अनुसार उद्योग विभागले गत चैतमा सहुलियतपूर्ण कर्जा लिन इच्छुक स्टार्टअपलाई परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको थियो ।
३ सय ८२ वटा स्टार्टअपले परियोजना प्रस्ताव पेस पनि गरेका थिए। कर्जा दिनका लागि स्टार्टअप छनोट भइरहँदा कार्यविधिमा केही बुँदा अष्पष्ट भएको भन्दै संशोधन गरिने भएको हो। कार्यविधिलाई प्रष्ट बनाउन संशोधन आवश्यक भएको उद्योग विभागमा महानिर्देशक बाबुराम गौतमले जानकारि दिए ।
‘स्टार्टअप उद्यम कार्यक्रम व्यवस्थितरूपमा संचालन गर्न स्टार्टअप उद्यम कार्यान्वयन समितिको अधिकारको विषय अलि अस्पष्ट भएको कुरा आएको थियो । कार्यविधि अनुसार विज्ञ नियुक्ति, बैठक कार्यविधि लगायतका विषय प्रष्ट पारिनुपर्ने देखिएर संशोधनको कुरा आएको हो’ उनले भने।
उद्योग मन्त्रालयले कार्यविधिमा आवश्यक संशोधन गरेर अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरेको जनाएको छ। कार्यविधिमा समितिले प्रस्ताव मूल्यांकन उपसमिति समेत गठन गर्न पाउने प्रावधान छ ।
उपसमितिमा भएसम्म प्रस्तावित परियोजनाको क्षेत्र अनुरूपको विषय विज्ञ, कर्जा प्रवाह गर्न तोकिएको बैंक र निजी उद्योगी क्षेत्रबाट प्रतिनिधित्व गर्ने सदस्य रहने छन्।
कर्जा प्रवाहका लागि मूल्यांकन, स्टार्टअपका लागि तोकिएको मापदण्ड पूरा गरेको, परियोजना सञ्चालनबाट अपेक्षित नवप्रवर्तनीय कार्य, आगामी एक वर्ष भित्र पूर्णकालीन थप रोजगारी सृजनाको सम्भावना आधार हुने सो कार्यविधिमा उल्लेख छ।
मन्त्रालयले परियोजन प्रस्ताव पेस गरेको स्टार्टअपले मूल्यांकनमा न्यूनतम ५० अंक ल्याउनुपर्ने र समितिले आफैंले पनि चाहिने कार्यविधि बनाउन सक्ने व्यवस्था हालको कार्यविधिमा थप गरेर संशोधनको लागि अर्थमा पठाएको हो । उद्योग विभागमा महानिर्देशक गौतमले कार्यविधि संशोधन भएर आएसँगै मूल्यांकनको प्रक्रिया अघि बढाउने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।