logo

तीन आर्थिक वर्षमा ४३ खर्ब राजस्व उठाउने लक्ष्य

    640   पटक पढिएको

११ असार/अर्थ र व्यापार – आगामी तीन आर्थिक वर्षमा कूल सरकारी बजेट ५९ खर्ब रुपैयाँ हुने प्रक्षेपण गरिएको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको मध्यकालीन खर्च संरचनाले आगामी आर्थिक वर्ष २०८०/८१ देखि ०८३ सम्म प्रचलित मूल्यमा बजेटको आकार ५८ खर्ब ९९ अर्ब ३१ करोड रुपैयाँ रहने प्रक्षेपण गरेको छ।

यसमध्ये चालू ३५ खर्ब ९८ अर्ब ८१ करोड र पुँजीगत खर्च १२ खर्ब ६७ अर्ब ३३ करोड रुपैयाँ रहने प्रक्षेपण छ ।
वित्तीय व्यवस्थातर्फ १० खर्ब ३३ अर्ब १६ करोड रुपैयाँ बाँडफाँट गर्नुपर्ने अनुमान छ। त्यसैगरी स्रोत परिचालनतर्फ राजस्वबाट ४३ खर्ब ३ अर्ब १२ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यसैगरि, वैदेशिक अनुदानबाट ९८ अर्ब ७७ करोड, वैदेशिक ऋण ५ खर्ब ३३ अर्ब ४७ करोड लाख र आन्तरिक ऋण ८ खर्ब २६ अर्ब रुपैयाँ उठाइने प्रक्षेपण गरिएको छ ।
सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्ष ०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। आर्थिक वर्ष ०८१/८२ मा १९ खर्ब ४९ अर्ब ४० करोड र तेस्रो वर्ष ०८२/८३ मा २१ खर्ब ९८ अर्ब ५० करोड रुपैयाँ आकारको बजेट हुने अनुमान मध्यमकालीन खर्च संरचनाको त्रिवर्षिय बजेट विनियोजन र प्रक्षेपणमा उल्लेख छ ।
यो बजेट खर्चबाट आगामी आर्थिक वर्षमा ६ प्रतिशत वृद्धिको लक्ष्य तय भएको छ। यस्तै आर्थिक वर्ष ०८१/८२ मा ७.५ र ०८२/८३ मा ८ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान छ। चालू आर्थिक वर्षमा आर्थिक वृद्धि खुम्चिएर २.१६ प्रतिशत हुने अनुमानित उपलब्धी रहेको छ ।
यस अवधिमा कृषि, वन तथा मत्स्यको वृद्धि क्रमश ३.१, ३.८ र ३.७ प्रतिशत हुने अनुमान छ। यस्तै उद्योग क्षेत्रको ६.८, ९ र ९.३ प्रतिशत वृद्धि हुनेछ। सेवा क्षेत्र क्रमशः ६, ८.४ र ९ प्रतिशत विस्तार हुने मध्यकालीन खर्च संरचनामा उल्लेख छ ।
यस अवधिमा राजस्व वृद्धिदर आगामी वर्ष २०.१, दोस्रो वर्ष १४ तेस्रो वर्ष १४.५ प्रतिशत हुने अनुमान छ। मध्यकालीन खर्च संरचनाको अवधिमा गरिबीको रेखामुनी रहेको संख्या तेस्रो वर्षमा घटेर ८ प्रतिशतमा आउने अनुमान छ ।
आगामी आर्थिक वर्षमा ११.२, दोस्रो वर्ष ९ प्रतिशत कायम हुने अनुमान छ । यस अवधिमा प्रतिव्यक्ति राष्ट्रिय आम्दानी बढेर आगामी आर्थिक वर्ष १ हजार ५ सय ७२, दोस्रो वर्ष १ हजार ७ सय ४० र तेस्रो वर्ष १ हजार ९ सय ३५ डलर पुग्ने प्रक्षेपण गरिएको छ।
१५औं योजनाले लिएका राष्ट्रिय लक्ष्य र विषय क्षेत्रगत अपेक्षित उपलब्धि प्राप्त गर्न सहयोग पुग्ने गरी आगामी तीन आर्थिक वर्षको समष्टिगत नतिजा खाका तयार गरिएको योजना आयोगले जनाएको छ । सो खाका तयार गर्दा चालू आर्थिक वर्षको २०७९/८० को अनुमानित उपलब्धि र आगामी आर्थिक वर्ष २०८÷८१ को लक्ष्य निर्धारण गरिएको छ ।

नतिजा खाकामा दोस्रो र तेस्रो वर्षको लागि अधिकांश सूचकका मान विषयगत मन्त्रालय तथा निकायहरूले उपलब्ध गराएका चालू वर्षका मान तथा अन्य दस्तावेजमा उल्लेख भएका मानसँग सामन्जस्य हुने गरी उल्लेख गरिएको छ ।
आर्थिक वर्ष २०७९/८० को अनुमानित उपलब्धी विषयगत क्षेत्र, मन्त्रालय तथा निकायबाट प्राप्त विवरण तथा विभिन्न स्रोतबाट उपलब्ध तथ्यांकको आधारमा उल्लेख गरिएको छ। स्रोत परिचालनतर्फ अर्थतन्त्रको अवस्था तथा खर्च आवश्यकताको आधारमा सरकारको वित्तीय आकारलाईसमेत मध्यनजर गरी स्रोत अनुमान प्रक्षेपण गरिएको छ। आगामी तीन आर्थिक वर्षमा औसत १३.८ प्रतिशत वृद्धि हासिल गर्न सक्ने अनुमान प्रक्षेपण गरिएको छ।
१५औं योजनाले अवलम्बन गरेका ८ वटा रणनीतिक स्तम्भका आधारमा सबैभन्दा बढी रकम अन्तरआबद्धता र शहरी विकास (रणनीतिक स्तम्भ ३ ) र स्वास्थ्य तथा शिक्षा रणनीतिक स्तम्भ २० मा बाँडफाँट भएको छ। यस अवधिमा विगतको तुलनामा स्वास्थ्य र शिक्षा क्षेत्रमा बजेटको हिस्सा उल्लेख्यरूपमा वृद्धि भएको छ।
प्राथमिकीकरण र पुनःप्राथमिकीकरणको आवश्यकतालगायतका पक्षलाई विशेष ध्यान दिइएको छ। संघबाट संकलन भएको मूल्य अभिवृद्धि कर, आन्तरिक उत्पादनमा आधारित अन्तःशुल्क र रोयल्टीतर्फको राजस्व, अन्तर सरकारी वित्त व्यवस्थापन ऐनमा रहेको प्रावधानबमोजिम प्रदेश र स्थानीय तहमा बाँडफाँट हुने रकम घटाएर मात्र संघको राजस्व अनुमान गरिएको छ ।
वैदेशिक सहायता अनुमान गर्दा दातृनिकाय वा संस्थासँग भएको सम्झौता वा प्रतिबद्धतालाई आधार लिइएको छ। सरकारले लिनसक्ने आन्तरिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४ प्रतिशतको सीमामा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।