logo

‘कोभिडपछिको लचिलो मौद्रिक नीतिले अर्थतन्त्रमा धक्का’

    730   पटक पढिएको

८ असार/अर्थ र व्यापार – कोभिड–१९ महामारीको समयमा दिइएको सहुलियतले अर्थतन्त्रमा चुनौती थपिएको निष्कर्ष नेपाल राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ ।
कोभिड–१९ पछिको आर्थिक पुनरुउत्थानका लागि राष्ट्र बैंकले दिएको लचिलो मौद्रिक नीति र साना तथा मझौला व्यवसायीलाई दिएको थप सुविधाले अर्थतन्त्रमा नयँ चुनौती थपेको अध्ययन प्रतिवेदनको निष्कर्ष छ ।
‘महामारीका कारण परेको आर्थिक धक्काको सामना गर्न नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीति ल्यायो । जसले निजी क्षेत्रमा प्रवाह कर्जाको माग उच्च भयो,’ प्रतिवेदनमा भनिएको छ, ‘जसको प्रतिक्रिया स्वरुप नेपालको अर्थतन्त्र नयाँ मोड लियो । जसले विदेशी सञ्चितिमा तीव्र गिरावट र बैंकिङ प्रणालीमा तरलता समस्या जस्ता चुनौतीहरू देखा प¥यो ।’
नेपालामा निजी क्षेत्रमा हुने कर्जाको मागमा नीतिगत प्रभाव भन्दा पनि अर्थतन्त्रमा देखिएको धक्काले निर्देशन गरेको देखिएको अध्ययनको निष्कर्ष छ ।

नेपाल राष्ट्र बैंकले बैंक अफ कोरियाको सहयोगमा निजी क्षेत्रमा प्रवाह हुने कर्जा विस्तारले अर्थतन्त्रको वास्तविक क्षेत्रमा परेको प्रभाव सम्बन्धमा गरेको एक अध्ययनले उक्त निष्कर्ष निकालेको हो।
डायनामिक स्टोकास्टिक जनरल इक्विलिब्रियम विश्लेषण विधि मार्फत सैद्धान्तिक विश्लेषण गर्दा नेपालमा आर्थिक धक्का र ब्याजदर घट्दा निजी क्षेत्रमा प्रवाह हुने कर्जाको माग बढ्ने गरेको देखिएको जनाइएको छ ।
निजी क्षेत्रमा हुने कर्जामा माग र अर्थतन्त्रको वास्तविक क्षेत्रमा मौद्रिक नीतिको सीमित प्रभाव मात्रै रहेको समेत प्रतिवेदनमा उल्लेख छ । आर्थिक धक्काका कारण निजी क्षेत्रमा सिर्जना गराएको कर्जाको मागले वित्तीय क्षेत्रमा अस्थिरता बढाउने जोखिम रहेको समेत प्रतिवेदनमा उल्लखे छ ।
आर्थिक धक्कापछि निजी क्षेत्रमा भएको कर्जाको वृद्धिदरले एक डेढवर्ष पछि भने अर्थतन्त्रको वास्तविक क्षेत्रमा सकारात्मक वृद्धि देखिने समेत प्रतिवेदनले औंल्याएको छ । यस्तो कर्जा वृद्धिको केही सकारात्मक पक्ष पनि रहेको सो प्रतिवेदनमा उल्लेख छ ।

यसैगरि, कर्पोरेट क्षेत्रमा यस्तो कर्जा वृद्धिले केही महत्वपूर्ण नतिजाहरु भने देखिएको प्रतिवेदनमा उल्लेख छ । निजी क्षेत्रको कर्जा कर्पोरेट क्षेत्र भएको विस्तारले अर्थतन्त्रको सुधारमा महत्वपूर्ण प्रभाव पर्ने प्रतिवेदनमा उल्लेख छ ।
तर, यसले उपभोग्य वस्तुको उच्च आयातले चालु खातामा दबाब पर्नुको साथै विदेशी विनियम सञ्चित र भुक्तानी सन्तुलन बिग्रने निष्कर्ष प्रतिवेदनले निकालेको छ ।
बाह्य क्षेत्र सन्तुलनका लागि निजी क्षेत्रमा प्रवाह हुने कर्जाको प्रभावकारी व्यवस्थापन र बैंकिङ क्षेत्रमा कठोर तथा विवेकपूर्ण नियमाकीय प्रयासबाट निजीमा प्रवाह हुने ऋणको दिगो व्यवस्थापन नै मुख्य शर्त रहेको सो प्रतिवेनमा उल्लेख छ ।
जसका लागि नेपालको वित्तीय प्रणालीमा दक्षता र स्थिरता आवश्यक रहको सो प्रतिवेदनमा उल्लेख गरिएको राष्ट्र बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।