logo

बजेट कार्यान्वयन भएपछि अब धनि व्यक्तिको ३९ प्रतिशत कमाई सरकारलाई तिनुपर्ने, वार्षिक ५० लाख भन्दा धेरै कमाउने व्यक्तिको संख्या ६५२

    574   पटक पढिएको

२१ जेठ/अर्थ र व्यापार – अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ देखि स्वदेशमै बसेर धेरै कमाउने व्यक्ति तथा धनिहरुको कर बढाइदिएका छन्।
बजेट मार्फत वार्षिक ५० लाख रुपैयाँभन्दा बढी कमाउनेहरुको आयकर थप वृद्धि भएको छ। अर्थमन्त्री महतले उनीहरुको कर ३ प्रतिशतले थप बढाइदिएका हुन् ।
अहिले अधिकतम कर ३६ प्रतिशतसम्म छ । अब ३ प्रतिशतले उनीहरुको कर बढेको छ। यसरी तिन प्रतिशतले बढाईएपछि अब उनीहरुले ३९ प्रतिशत कर सरकारलाई तिर्नुपर्छ।
५० लाख रुपैयाँभन्दा बढी कमाउनेको संख्या भने धेरै छैन । आन्तरिक राजस्व विभागले तयार पारेको सूची अनुसार ५० लाख रुपैयाँभन्दा बढी कमाउने व्यक्ति तथा प्रोप्राइटर फर्मको संख्या करिब ११ सय जत्तिको रहेको छ । जसमध्ये ६५२ जना व्यक्तिहरु छन्।
अहिले जतिसुकै कम कमाउनेले पनि १ प्रतिशत कर तिर्नैपर्छ । यो सामाजिक सुरक्षा कर हो। एकलको हकमा ५ लाख र दम्पतीको हकमा ६ लाख कमाउनेले १ प्रतिशत कर तिर्नैपर्छ ।
त्यसभन्दा माथि २० हजार कमाउनेले १० प्रतिशत कर थप तिर्नुपर्छ । यसबाहेक अर्को ६० हजार कमाउनेले २० प्रतिशत कर तिर्नुपर्छ । ६० हजारपछि अर्को ३ लाख कमाउनेले ३० प्रतिशत तिर्नुपर्छ । यस्तो व्यक्तिले ३० प्रतिशत कर तिर्दा उसको आम्दानी भने २० लाखसम्मको पुगिसकेको हुन्छ ।
यसैगरि, २० लाखभन्दा माथि जतिसुकै कमाउनेले अर्को ६ प्रतिशत गरेर कुल ३६ प्रतिशत कर भुक्तानी गर्नुपर्छ । अब भने ५० लाखभन्दा बढी कमाउनेले अर्को ३ प्रतिशत कर तिर्नुपर्ने छ ।
बवेट मार्फत यसरी बढेको करले बैंक तथा वित्तीय संस्थाका माथिल्ला तहका कर्मचारी, कर्पोरेट क्षेत्रका प्रमुखहरु, बीमा कम्पनीका प्रमुख अधिकृतहरु लगायतलाई थप करको भार परेको छ ।
अब सेयर र घरजग्गालाई व्यवसाय बनाएर वार्षिक ५० लाख रुपैयाँ कमाउनेले पनि ३९ प्रतिशत कर सरकारलाई तिर्नुपर्ने हुन्छ । तर, यो कर आगामी आर्थिक वर्षदेखि लागू हुन्छ । त्यसो हुँदा ६ सय ५२ जनाको संख्या बढ्न सक्छ । यसैगरि, प्रोप्राइटरको संख्यामा पनि वृद्धि हुने अनुमान विभागको छ।

विभागका महानिर्देशक दीर्घराज मैनालीले अहिले थपिएको ३ प्रतिशत सरचार्ज भने सधैंलाई नभएको बताए । उनले सरकार आम्दानीका रुपमा कमजोर अवस्थामा रहेकाले केही समयका लागि कर लगाइएको बताए । ‘यो बढेको कर मलाई पनि मन परेको थिएन। तर अहिले स्रोत कम छ । भोलि बलियो भएपछि हटाउन सकिन्छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।