logo

निजी क्षेत्रको योगदानबारे अध्ययन प्रतिवेदन सार्वजनिक,रोजगारी सिर्जनामा ८५% योगदान

    564   पटक पढिएको


५ जेठ/अर्थ र व्यापार – निजी क्षेत्रले नेपालको कुल ग्राहस्थ्य उत्पादनमा ८१ प्रतिशत योगदान दिएको एक अध्ययनले देखाएको छ । नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) सँगको सहकार्यमा ‘द स्टेट अफ प्राइभेट सेक्टर’ नामक अध्ययनले सो तथ्यांक यकिन गरेको हो।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले अर्थतन्त्रमा पु¥याएको योगदानबारे पहिलोपटक अध्ययन भएर आँकडा सार्वजनिक गरिएको बताए ।
‘यो अध्ययनले नेपालमा निजी क्षेत्रको योगदान के रहेछ भन्ने देखाएको छ । जसका कारण निजी क्षेत्रमैत्री नीति र व्यवहार गर्न सरकार लगायत सरोकारवालाहरुलाई मार्ग देखाएको छ। निजी क्षेत्रबिना देशको विकास हुँदैन भन्ने यो गतिलो परिणाम हो’ ढकालले भने।
सार्वजनिक गरिएको यो अध्ययनले महत्त्वपूर्ण नतिजा दिएको भन्दै नेपालको रोजगारीमा निजी क्षेत्रको ८५ प्रतिशत योगदान रहेको जानकारी दिए ।

हालसम्म यस्तो किसिमको अध्ययन नभएको भन्दै आइएफसीका नेपाल प्रतिनिधि बाबाकर सेद्ख फायले नेपालमा यो नै पहिलो अध्ययन भएको जानकारी दिए ।
उनले आफूहरु विश्व बैंकको साझेदार भएको भन्दै निजी क्षेत्रलाई सहयोग गर्ने भएरै अध्ययनमा सघाएको बताए ।  उनले नेपालसहित सदस्य राष्ट्रहरुमा व्यापार वातावरण विकासमा काम गरिरहेको बताए। त्यसैको एउटा पाटोको रुपमा ‘द स्टेट अफ प्राइभेट सेक्टर’ अध्ययन भएको सुनाए ।


महासंघले नेपालको निजी क्षेत्र विकास र विस्तारमा गरिरहेको प्रयास उदाहरणीय भएकाले अध्ययनमा सघाएको उनको भनाई छ ।
उनले निजी क्षेत्र विकासको मामलामा सधैं मध्यभागमा हुनुपर्ने धारणा राखे। यस अध्ययनले साना तथा मझौला उद्योगहरुलाई पनि समेटेको भन्दै यी क्षेत्रले भोगिरहेको विषयलाई समाधान कसरी गर्ने भन्नेसम्मको बाटो यस अध्ययनले देखाउने बाबाकरको जानकारी दिए।
महासंघले यस अध्ययनका क्रममा नेपालका पाँचसय १७ फर्महरुलाई सर्वेक्षणमा सहभागी गराइएको पनि सो कार्यक्रममा जानकारी दिइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।