logo

निजी क्षेत्रको योगदानबारे अध्ययन प्रतिवेदन सार्वजनिक,रोजगारी सिर्जनामा ८५% योगदान

    679   पटक पढिएको


५ जेठ/अर्थ र व्यापार – निजी क्षेत्रले नेपालको कुल ग्राहस्थ्य उत्पादनमा ८१ प्रतिशत योगदान दिएको एक अध्ययनले देखाएको छ । नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) सँगको सहकार्यमा ‘द स्टेट अफ प्राइभेट सेक्टर’ नामक अध्ययनले सो तथ्यांक यकिन गरेको हो।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले अर्थतन्त्रमा पु¥याएको योगदानबारे पहिलोपटक अध्ययन भएर आँकडा सार्वजनिक गरिएको बताए ।
‘यो अध्ययनले नेपालमा निजी क्षेत्रको योगदान के रहेछ भन्ने देखाएको छ । जसका कारण निजी क्षेत्रमैत्री नीति र व्यवहार गर्न सरकार लगायत सरोकारवालाहरुलाई मार्ग देखाएको छ। निजी क्षेत्रबिना देशको विकास हुँदैन भन्ने यो गतिलो परिणाम हो’ ढकालले भने।
सार्वजनिक गरिएको यो अध्ययनले महत्त्वपूर्ण नतिजा दिएको भन्दै नेपालको रोजगारीमा निजी क्षेत्रको ८५ प्रतिशत योगदान रहेको जानकारी दिए ।

हालसम्म यस्तो किसिमको अध्ययन नभएको भन्दै आइएफसीका नेपाल प्रतिनिधि बाबाकर सेद्ख फायले नेपालमा यो नै पहिलो अध्ययन भएको जानकारी दिए ।
उनले आफूहरु विश्व बैंकको साझेदार भएको भन्दै निजी क्षेत्रलाई सहयोग गर्ने भएरै अध्ययनमा सघाएको बताए ।  उनले नेपालसहित सदस्य राष्ट्रहरुमा व्यापार वातावरण विकासमा काम गरिरहेको बताए। त्यसैको एउटा पाटोको रुपमा ‘द स्टेट अफ प्राइभेट सेक्टर’ अध्ययन भएको सुनाए ।


महासंघले नेपालको निजी क्षेत्र विकास र विस्तारमा गरिरहेको प्रयास उदाहरणीय भएकाले अध्ययनमा सघाएको उनको भनाई छ ।
उनले निजी क्षेत्र विकासको मामलामा सधैं मध्यभागमा हुनुपर्ने धारणा राखे। यस अध्ययनले साना तथा मझौला उद्योगहरुलाई पनि समेटेको भन्दै यी क्षेत्रले भोगिरहेको विषयलाई समाधान कसरी गर्ने भन्नेसम्मको बाटो यस अध्ययनले देखाउने बाबाकरको जानकारी दिए।
महासंघले यस अध्ययनका क्रममा नेपालका पाँचसय १७ फर्महरुलाई सर्वेक्षणमा सहभागी गराइएको पनि सो कार्यक्रममा जानकारी दिइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।