logo

परियोजनालाई नाफामुखी बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित :अर्थमन्त्री

    518   पटक पढिएको

२९ बैशाख/अर्थ र व्यापार – अर्थमन्त्री डा.प्रकाशशरण महतले परियोजनालाई नाफामुखी बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित लगानी बोर्डको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ केन्द्रित गर्दा निजी र विकास क्षेत्रलाई सामेल गर्ने अवसर मिल्ने बताएका छन् ।
उनले प्रतिफलको आन्तरिक दर र परियोजनामा लगानी गरिएको जोखिम सम्पतीको प्रतिफल लगायतमा छलफल चलाउन जरुरी रहेको जानकारी दिए । उनले देशलाई राष्ट्रिय गौरव र रणनीतिक परियोजनाहरू सञ्चालन गर्न सक्षम बनाउने अवसरहरू सिर्जना गर्न आवश्यक रहेको बताएका छन् ।
उनले स्रोत बाँडफाँडको प्रक्रिया राष्ट्रिय स्वामित्वको हुनुपर्ने र राष्ट्रिय संस्थाहरूलाई कमजोर पार्नु नहुने उल्लेख गरे । उनले पर्यटन, जलविद्युत, कृषि व्यवसाय र आईटी लगायतका क्षेत्रबाट नेपालले तुलनात्मक रुपमा लाभ लिन सकिनेमा जोड दिए । उनले पर्यटन, जलविद्युत, कृषि व्यवसाय र आईटी क्षेत्रमा लगानी विस्तार गर्न सरकार अनुकुल वातावरण र आकर्षक दर सुनिश्चित गर्न तयार रहेको बताएका छन् ।
उनले आगामी दिनमा सम्भाव्य वित्तीय साधनको विकास गर्न निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पनि जोड दिए ।

उनले भने, ‘हाल नेपालमा प्रत्यक्ष वैदेशिक लगानी दक्षिण एशियामा प्रवाहित कोषको ०.३ प्रतिशत मात्र हो । यी अध्ययनहरू हाम्रा परियोजना बैंकहरूसँग सजिलै उपलब्ध हुनुपर्छ, जसले देशलाई राष्ट्रिय गौरव र रणनीतिक परियोजनाहरू सञ्चालन गर्न सक्षम बनाउने अवसरहरू पाउनेछन् ।
जसमा पर्यटन, जलविद्युत, कृषि व्यवसाय र आईटी लगायतका क्षेत्र पर्दछन् । ती क्षेत्रमा लगानी प्रवद्र्धन गर्न नेपाल सरकार अनुकुल वातावरण र प्रतिष्पर्धात्मक नीतिगत व्यवस्था गर्न तयार छ । हामी आगामी दिनमा सम्भाव्य वित्तीय साधनको विकास गर्न निजी क्षेत्रसँग सहकार्य गर्न चाहन्छौं ।’
मन्त्री महतले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी दक्षिण एशियामा प्रवाहित कोषको ०.३ प्रतिशत मात्र रहेको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।