logo

स्वदेशमै उत्पादित सवारीसाधन दर्ताबारे ७ दिनभित्र मन्त्रिपरिषदमा प्रस्ताव लगिने

    712   पटक पढिएको


१३ बैशाख/अर्थ र व्यापार – सरकारले स्वदेशमै उत्पादित सवारीसाधन दर्ता प्रक्रियामा देखिएको कानुनी जटिलता समाधान गर्न सम्बन्धित कानुनहरु संशोधन गरी मन्त्रिपरिषदमा प्रस्ताव लैजाने निर्णय गरेको छ ।
अहिलेसम्म अड्किएको सवारीसाधन दर्तासम्बन्धी समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ड’ले निर्देशन दिएका थिए । प्रधानमन्त्री दाहालको सोही निर्देशनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरोकारवाला निकायहरुसँग छलफल गर्दै यस्तो निर्णय गरेको हो ।
जसकालागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव गणेशप्रसाद पाण्डेको संयोजकत्वमा सोमबार बसेको बैठकले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका–२०६० मा आवश्यक संशोधन गरी नेपालमा उत्पादित सवारीसाधन दर्ता गर्नका लागि भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी तीनदिन भित्र आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ ।
यसैगरी, नेपालमा उत्पादित सवारीसाधन दर्ता गर्नका लागि सवारी तथा यातायात व्यवस्था नियमावली–२०५४ मा आवश्यक सुधार गर्न संशोधनको प्रस्ताव भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी सातदिन भित्र मन्त्रिपरिषदमा पेसगर्ने व्यवस्था मिलाउने निर्णय सो बैठकले गरेको छ ।
सोमबारको छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव एवं पदाधिकारीसँगै भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, कानुन मन्त्रालय, यातायात विभाग, स्वदेशी सवारीसाधन उत्पादक कम्पनी यात्रीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।