logo

कार्यविधि विपरीत बिलासी गाडी चढ्दै राष्ट्र बैंकका उच्च अधिकारी

आफुसँग प्रयाप्त सवारी हुँदाहुँदै किन यतिधेरै महंगा गाडी किनेको ? महालेखाको प्रश्न

    754   पटक पढिएको

३ वैशाख/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकका गभर्नरसहित उच्च पदस्थ कर्मचारीले कार्यविधि विपरीत महँगो र बिलासी गाडी चढ्ने गरेको पाइएको छ । महालेखा महालेखा परीक्षकको कार्यालयले नियम मिचेर विशिष्ट व्यक्तिको नाममा महँगा गाडी किन्ने राष्ट्र बैंकको प्रवृत्तिमाथि प्रश्न उठाएको छ ।
महालेखाको ६० र्औ वार्षिक प्रतिवेदनमा यस्तो प्रस्न उठाईएको हो । राष्ट्र बैंकका उच्च व्यवस्थापनमा कार्यरत कर्मचारीले ‘राष्ट्र बैंक सवारीसाधन सुविधा व्यवस्थापन कार्यविधि–२०७८’ विपरीत गभर्नर, डेपुटी गभर्नर र कार्यकारी निर्देशकहरुले महँगोको गाडी चढ्ने गरेको महालेखाले जनाएको छ ।

महालेखाले आफ्नो प्रतिवेदनमा औंल्याए अनुसार कार्यविधिमा गभर्नरलाई १ करोड ४० लाख, डेपुटी गभर्नरलाई १ करोड १० लाख र कार्यकारी निर्देशकलाई ५५ लाख रुपैयाँसम्मको सवारी सुविधा दिन सक्ने उल्लेख छ ।
तर, कार्यविधि विपरीत राष्ट्र बैंकका गभर्नर महमप्रसाद अधिकारीले नै १ करोड ७८ लाख रुपैयाँ र डेपुटी गभर्नरले १ करोड ४३ लाख रुपैयाँ मूल्यका सवारी साधन किनेर प्रयोग गरेका छन् । यसैगरि, कर्यकारी निर्देशकले पनि ७१ लाख ५० हजार रुपैयाँसम्मको सवारीसाधान चढ्ने गरेको महालेखा परीक्षको ६०औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

अघिल्लो आर्थिक वर्ष देखि नै मौद्रिक नीति मार्फत अनावस्यक खर्च कटौति गरि स्वदेशी उत्पादनको प्रवद्र्धन र राज्यकोषमा जम्मा हुने संचिति रकम बढाउने सरकारी अधियानमा लाग्नुपर्ने नेपाल राष्ट्र बैंकले नै यस्तो अनावस्यक खर्च गरि थप आर्थिक भारको बेथिती गरेको भन्दै महालेखाले राष्ट्र बैंकका उच्च पदाधिकारीहरुबाट भईरहेको यस्तो कार्यमाथी गम्भिर प्रस्न उठाएको हो । महालेखाले राष्ट्र बैंकमा सवारी साधन हुँदाहुँदै विशिष्ट व्यक्तिको नाममा छुट्टै नयाँ सवारीसाधन खरीद गर्नुको औचित्यमाथि नै गम्भिर प्रश्न गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा मात्रै राष्ट्र बैंकले २४ करोड ३८ लाख २५ हजार रुपैयाँ बराबरको सवारीसाधन खरिद गरेको महालेखाले आफ्नो प्रतिवेदनमा उललेख गरेको छ ।
‘राष्ट्र बैंकमा बरिष्ठ कर्मचारीहरूको लागि पर्याप्त संख्यामा सवारी साधनहरूको उपलब्धताका बावजुद नेपाल राष्ट्र बैंकले यो वर्ष १ करोड २१ लाख देखि २ करोड ७८ लाखसम्मका ५ समेत २६ सवारीसाधन खरिद गरी २४ करोड ३८ लाख २५ हजार खर्च गरेकोमा किन प्रस्न नगर्ने ? सो प्रतिवेदनमा भनिएको छ ।

‘खरिद भएका सवारी साधन विशिष्ट व्यक्तिहरूले प्रयोग गर्ने उल्लेख भएकोमा विशिष्ट व्यक्तिको नाममा छुट्टै सवारी साधन खरिद गर्नु औचित्यपूर्ण देखिएन ’महालेखाद्धारा सावर्जनिक प्रतिवेदनमा औंल्याईएको छ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १९ मा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकको सुविधा बोर्डले निर्धारण गरेअनुसार हुने उल्लेख भएपनि अन्य सुविधाबारे ऐनमा उल्लेख छैन । सोही ऐनको दफा ३२ (२) मा बोर्ड मै रहने गभर्नर, डेपुटी गभर्नर र सञ्चालकले आफ्नै सुविधाका लागि निर्णय गर्दा स्वार्थ बाझिने कारण सम्बन्धित पदाधिकारी उपस्थित नहुने उल्लेख छ ।
यसैगरि, महालेखाले ऐनमा सञ्चालकको अन्य सुविधा बोर्डले निर्णय गरेबमोजिम हुने व्यवस्थाले सेवामा रहँदा पाउने सुविधाको हद र निवृत्त भएपछि पाउने सुविधा सम्बन्धमा कानूनद्वारा नै स्पष्ट गर्नुपर्ने बताएको छ ।
अहिले विद्युतीय सवारीसाधनमा २५ प्रतिशत र अन्य सवारी साधनमा २० प्रतिशत ह्रास कट्टा गरी हुन आउने रकम वा खरिद मूल्यको २० प्रतिशतमध्ये जुन बढी हुन्छ, सो रकम भुक्तानी गरी सुविधा प्राप्त गर्ने पदाधिकारीले सेवा निवृत्त हुँदा लिन पाउने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।