logo

उद्योग वाणिज्य महासंघको अध्यक्षमा ढकाल,, बरिष्ठ उपाध्यक्षमा अञ्जनकुमार श्रेष्ठ निर्विरोध निर्वाचित उमेशलालले गरे समर्थन

    565   पटक पढिएको

३० चैत/अर्थ र व्यापार – नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा अञ्जनकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन । महासंघको ५७ साधारणसभामा बुधबार पहिलो चरणमा भएको निर्वाचनबाट बरिष्ठ उपाध्यक्षका प्रत्यासी उम्मेदवारहरु अन्जनकुमार श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाई तिनैजना मध्ये कसैले ५० प्रतिशत मतभार नकटाएपछि बिहीबार पुनः दोस्रो चरणको निर्वाचन हुनुपर्ने थियो । जसकालागि दिउँसो दुईबजेकालागि तोकिएको समय सारेर फेरि ४ बजेकालागि निर्धारण गरिएको समयमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच चुनावी भिडन्तमा नजाने भन्दै उनीहरुबीच आपसी सहमति भएसँगै महासंघको बरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित भएका हुन ।  यसअघि पनि दोस्रो चरणको निर्वाचनमा जानुपर्ने अवस्थामा पुगेका यि दुबै प्रत्यासी उम्ेमदवारबीच सहमतिकालागि समय मागेपछि २ बजेका लागि निर्धारित निर्वाचनको समय ४ बजेकालागि सारिएको थियो । सोही समय बरिष्ठ उपाध्यक्षमा निर्वाचित अञ्जन श्रेष्ठलाई अर्का वरिष्ठ उपाध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठले समर्थन गर्ने सहमति जनाएका थिए । यस्तो सहमती भएपछि साँझ सवा ५ बने महासंघ निर्वाचन समितिले अञ्जनकुमार श्रेष्ठ बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएको औपचारिक घोषणा गरेका थिए । पहिलो चरणको निर्वाचनमा अञ्जनले ३७.९९ प्रतिशत मतभार ल्याएका थिए । उनका निकटतम प्रतिस्पर्धी उमेशलालले ३१.७१ प्रतिशत मतभार ल्याएका थिए । यसैगरि, पहिलो चरणको निर्वाचनबाट बाहिरिएका बरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी रामचन्द्र संघाइले जम्मा ३०.४६ प्रतिशत मतभर ल्याएका थिए । महासंघको विधान अनुसार बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका उम्मेदवार आगामी तीन वर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने व्यवस्था छ । महासंघको इतिहासमै अहिले यस्तो दुई चरणको निर्वाचन गर्नुपर्ने अवस्था आइलागेको थियो ।  सहमति नभएको भए यदि बरिष्ठ उपाध्यक्षका प्रत्यासी दुईजना उम्मेदवारबीच आगामी तिनवर्षे कार्यकाल आधा आधा समय बाँडेर लिन सक्ने विकल्प पनि थियो । तर, अहिले यि दुबैजनाबीच अन्जनको पक्षमा सहमति भएपछि पुनः दोस्रो चरणको निर्वाचन गर्नुपर्ने झमेलाबाट महासंघलाई मुत्ति मिलेको हो । बुधबार काठमाडौमा सम्पन्न भएको महासंघ निर्वाचनको सबै मतगणना परिणाम बिहीबार बिहान सार्वजनिक भएको थियो । महासंघको विधान अनुसार बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल यहि साधारणसभाबाट अध्यक्ष भईसकेका छन । सोही विद्यान बमोजिम बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका अन्जनकुमार श्रेष्ठ तीनवर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने छन । महासंघको ५७ औं वार्षिक साधारण सभा र  निर्वाचनकालागि देसभरका व्यवसायी काठमाडौमा जम्मा भएका थिए । पहिलो चरणको निर्वाचनबाट एकजना बरिष्ठ उपाध्यक्ष चुन्ने काम बाहेक अन्य ६३ वटा पदमा नयाँ नेतृत्व चयन भईसकेको थियो ।   महासंघको यस निर्वाचनबाट एसोसिएट, जिल्ला÷नगर र वस्तुगत तर्फबाट गरि तिनजना उपाध्यक्षहरु विजयी  भएका छन । एसोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई समुहकी ज्योत्सना श्रेष्ठ, जिल्ला÷नगर उपाध्यक्षमा रामचन्द्र संघाई समुहकै सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ समुहका हेमराज ढकाल बिजयी भएका छन् ।यसैगरि,एशोसिएट, जिल्ला नगर र वस्तुगत तर्फबाट विजयी कार्यकारीणी सदस्यहरु सहित कुल ६४ जनाको नयाँ नेतृत्व चयन भएको हो ।  डा.रामशरण थपलियाले एसोसियट तर्फबाट सबैभन्दा धेरै १४४० मत ल्याएर विजयी भएका छन । त्यसैगरि, नरेशलाल श्रेष्ठ ९१, मोहनप्रसाद श्रेष्ठ ९१, मनोज पौडेल १३७३, लिलेन्द्रप्रसाद प्रधान ८९ मतकासाथ विजयी भएका छन ।  त्यसैगरि, प्रयास कार्की ८८, आनन्द कुमार बगेरिया १३६४,हरिबहादुर कार्की ८२, अमरेशन चन्द बैदार८१ , अम्बिका प्रसाद पौडेल १३६३ , शिव प्रसाद घिमिरे ८१ मत ल्याएर विजयी भएका हुन । ताराबहादुर कार्की ८१,् सुनिल नारायण श्रेष्ठ १३४२, अरनिको राजभण्डारी ७६,नवीन रिजाल ७९, सुशील थापा १३२९,  डा. सुबोध कुमार गुप्ता ७५ मत ल्याएर विजयी भए । कल्पना गैरे ७७,  शैलेन्द्र गुरागाईं १३१५, रविन पुरी ७४, उमेश डालमिया ७३, राजेशकुमार अग्रवाल १३१२, नानीराज घिमिरे ७२, उज्जलप्रसाद कसजु ७२,  हेमन्त गोल्छा १३००,  भक्तबहादुर हमाल ७२, बेदबहादुर श्रेष्ठ ७२,  देशबन्धु बस्नेत १२८४,  शोभा ज्ञवाली ७२ मत ल्याएर विजयी भएका हुन ।  अब्दुल बाहित मन्सुरी ७०, अविनाश बोहोरा १२७५, मनोज अधिकारी ६७, मन्जुकुमार श्रेष्ठ (कोजु) ७०, गोपाल खनाल १२६५, कमला श्रेष्ठ ६६, किशोरकुमार आचार्य ६९,उज्वल कुमार श्रेष्ठ ११९१, पशुपतिदेव पाण्डे ६५ मत ल्याएर विजयी भएका छन । यसैगरि, केशवप्रसाद भण्डारी ६७, प्रवलजंग पाण्डे ११२८, राजकुमार कार्की ६२,कृष्ण कटुवाल ६७ , जुना माथेमा ९९१, पुष्पराज कुँवर ६६,  शक्ति कुमार बेगानी ९८८, अनिलकृष्ण श्रेष्ठ ६४, सन्दिप कुमार अग्रवाल ९२५, गोकुल श्रेष्ठ ६४, ऋषी अग्रवाल ८८१,निरक केसी ६३ मत र मुकुन्द प्रसाद तिमल्सिना ८४२ मत ल्याएर विजयी भएका हुन। 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।